तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत १४ लाख बढी घूससहित पक्राउ

दाङ, साउन १७ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घूससहित पक्राउ परेका छन् ।उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई आयोगको टोलीले दाङबाट काठमाडौं जाँदै गर्दा शुक्रवार साँझ नागढुंगाबाट पक्राउ गरेको छ ।

 

अख्तियारको टोलीले चेकजाँच गर्दा निजको साथबाट नगद १ लख २४ हजार ७५० तथा बैंक डिपोजिट  ३ लाख २४ हजार ४६ को रसिदहरू गरि जम्मा १४ लाख ४८ हजार ७९६ बरामद गरेकाे आयोगको टाेलिले बताएको छ ।

 

त्यो रकम भुक्तानी बापत ठेकेदारसँग घूस लिएको अख्तियारको दाबी छ । घूस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिइ खानतलासी गरेको बताएको हाे।

 

 तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले भने प्रशासकीय अधिकृत काठमाडौं जान लागेको आफूलाई थाहा नभएको  जानकारी दिएका  छन् । नगदसहित पक्राउ परेको खबर सार्वजनिक आएपछि मात्रै आफूले थाहा पाएको मेयर पाण्डेले जानकारी दिए ।