आगामी तीन दिनसम्म देशभर हल्कादेखि भारी वर्षाको सम्भावना सबैमा सतर्क रहन आग्रह

काठमाडौं,साउन १८। मौसम पूर्वानुमान महाशाखा अनुसार  देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकोले देशभरको मौसममा सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भइरहेको विभागले जनाएको छ।

 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।यसकासाथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

ती स्थानका नदी तथा खोलाहरुमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्र तथा भिरालो र कच्ची जमिन भएका स्थानमा सतर्कता अपनाउन विभागले जनाएको छ।

 

त्यसैगरी आज राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।यसकासाथै प्रदेश १ र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

यसले आकस्मिक बाढी पहिरोको प्रकोप पनि निम्त्याउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १८ गते (आइतबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

राती : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ र गण्डकी प्रदेश एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन १९ गते (सोमबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

राती :देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन २० गते (मंगलबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

राती:देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। छ। साथै बागमती प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।