ओली सरकारको अर्को नाम: ” भ्रष्टाचारको अखडा “

केपी शर्मा ओली नेतृत्वको वर्तमान दलाल सरकारलाई नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को दुई तिहाइको कम्युनिस्ट सरकार  भनाउने गरिएको छ । 
 
ओली नेतृत्वको दलाल सरकारको अर्को नाम पनि छ , त्यो हो “भ्रष्टाचारको अखडा “। अझै अगाडि बढेर राजनीतिक विश्लेषकहरुले विश्लेषण गर्दै भनेका छन् ” ओली नेतृत्वको सरकार ” संसारमै पहिलो भ्रष्ट सरकार हो ” भनेर विश्लेषण गर्दै आएका छन् ।
 
यी तिनवटै विश्लेषणहरु ओली नेतृत्वको दलाल सरकारसंग अन्तर्सम्बन्धित रहेका छन् । त्यस मध्येमा पहिलो विश्लेषण जो माथि उल्लेख गरिएको छ ” केपी शर्मा ओली नेतृत्वको दलाल सरकार नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) दुई तिहाइको कम्युनिस्ट सरकार ” भनिएको छ , सोह्रैै आना गलत छ ।
 
 किनभने ओली नेतृत्वको दलाल सरकार ” नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को दुई तिहाइको कम्युनिस्ट सरकार ” होइन । 
 
यो सरकार २०२८ सालमा सञ्चालन गरिएको ऐतिहासिक झापा विद्रोहबाट नेकपा ( माले) , नेकपा ( एमाले ) हुदै २०४६ सालको जनआन्दोलन पछि संसदीय व्यवस्थामा प्रवेश गरेर विभिन्न समयमा कहिले राप्रपासित , कहिले नेपाली काँग्रेससित , कहिले माओवादीहरुसित अर्थात् जो संग मौका मिल्छ,उसैसंग सरकारमा जाँदै पहिले नै प्रतिक्रियावादी शक्तिका रुपमा परिणत भइसकेको नेकपा ( एमाले ) र २०५२ साल फाल्गुन १ गतेदेखि तत्कालीन नेकपा ( माओवादी ) को नेतृत्वमा सञ्चालन गरिएको दश वर्षेे जनयुद्धको नेतृत्व गर्दै २०६२ साल असोज – कार्तिकमा सम्पन्न चुनवाङबाट नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई स्थगित गरेर ” लोकतान्त्रिक गणतन्त्र ” संसदीय पुँजीवादी कार्यदिशा पारित गेरर २०६२ साल मंसिर ७ गते तत्कालीन नेपाली काँग्रेस , एमाले , राप्रपा समेतका सात संसदवादी राजनीतिक दलहरूसित भारतको राजधानी नयाँ दिल्लीमा भारतीय विस्तारवादी शासकहरुको मध्यस्थतामा १२ बुँदे समझदारी गरेर शान्ति प्रक्रियामा प्रवेश गरे पश्चात्  संसदीय पुँजीवादी व्यवस्थामा लिप्त हुदै महान् जनयुद्धको प्रक्रियामा निर्माण गरिएका जनसत्ताहरु , जनअदालतहरु , जनसरकारहरु , जनकम्युनहरु देशीविदेशी प्रतिक्रियावादीहरुको ग्राण्डडिजाइन , योजना र निर्देशनमा जनयुद्ध समाप्त गरिएको पत्रमा हस्ताक्षर गर्दै जनमुक्ति सेनालाई प्रतिक्रियावादी सेनामा विलय गराउदै र नेपाली जनताको रगतले राटिएका हतियारहरु प्रतिक्रियावादी सत्तालाई बुझाउँदै नवसंशोधनवादी बाटो हुदै  प्रतिक्रियावादी सत्तामा पुगेर मुलुकको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउन र खानकै लागि प्रतिक्रियावादी भैसकेको एमालेमा विलय भएर बनेको नेपाली कम्युनिस्ट आन्दोलनको ठिमाहा पार्टीको रुपमा परिणत भएको निवर्गीय पार्टीको रुपमा देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुको मतियार सरकार हो । 
 
 यो सरकार नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्गहरुको दलाल सरकार हो । यस प्रकारको दलाल सरकारको बारेमा धेरै विश्लेषण भइसकेको छ र नेपाली जनताले पनि चिनिसकेका छन्  । यो भन्दा बढिभनिरहन पर्दैन नै । यत्तिले काफी हुन्छ यस ओली नेतृत्वको दलाल सरकारका बारेमा ।किनभने तल चर्चा गरिनेछ कि यो सरकार कम्युनिस्ट सरकारमा ९९ प्रतिशत विशेषताहरु पाइदैनन् ।
 
 
 जहाँसम्म माथि उल्लेख गरिएको ओलीी सरकारको अर्को नाम : “भ्रष्टाचारको अखडा” भन्ने नाम र विश्लेषण सोह्रैै आना सही विश्लेषण हो । सतप्रतिसत सही विश्लेषण हो  किनभने कम्युनिस्टहरू दुई तिहाइको सरकार कम्युनिस्टहरूको सरकार नभएर “कमउनिष्टहरुको सरकार” को रुपमा परिणत भएको साँचो हो ।
 
 
 ओली नेतृत्वको दलाल सरकार संसारमै पहिलो भ्रष्ट सरकार हो भन्ने कुरा र प्रमाण विगतका उनीहरूका क्रियाकलापहरुलाई छोडेर बाँकी अधाई वर्षबिचको उसको क्रियाकलाप हेर्ने हो भने हामी निश्कर्षमा पुग्न सक्छौ कि यो दलाल सरकार भ्रष्टहरुको सरकार हो ।वाइडबडी जहाजकाण्डका करोडौं भ्रष्टाचार गर्ने भ्रष्टाचारीहरुको सरकार हो । ती भ्रष्टहरुो संरक्षक सरकार हो ।
 
 गोकुल बास्कोटा जस्ता करोडौंको भ्रष्टाचार गर्ने भ्रष्टहरुको संरक्षक सरकार हो।नक्कली ओम्नी कम्पनी खडा गरेर कोरोना भाइरस ( COVID – 19 ) निहुँ बनाएर चीनबाछ आौषधि खरिद गर्ने क्रममा करोडौंको भ्रष्टाचार गर्ने महाभ्रष्टहरुको संरक्षण गर्ने महाभ्रष्टहरुको नाइके सरकार हो ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्वदेश तथा विदेशबाट जम्मा भएको खरबौ अनुदान बजेट स्वाहा पार्ने महाभ्रष्टहरुको नाइके सरकार हो ।
 
 
 कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्ने नाममा बनाइएका गाई- भैसी गोठसरहरहेका क्वारेन्टाइन र आइसुलेशन , भेन्टिलेषण बनाउने ननममा गरिएको अरबौ बजेटमाथि गरिएको ब्रह्मलुट मच्चाउने हरुको संरक्षक र नाइके सरकार हो । 
 
 
 कोरोना विरामीहरुको स्यारसुसार र आौषधि उपचारका ननममा गरिएको अरबौको भ्रष्टाचार गर्ने भ्रष्टहरुको संरक्षक सरकार हो । कोर‍ोना भाइरसको संक्रमणबाट मृत्यु भएकाारुमा अरबौ रकम स्वाहा पार्ने महाभ्रष्टहरुको संरक्षक सरकार हो ।
 
 
  स्थानीय निकायहरु मार्फत वितरण गरिएको राहत वितरण गर्ने क्रममा गरिएको खरबौ भ्रष्टाचार गर्ने महाभ्रष्टहरुको संरक्षक सरकार हो ।
  जनताबाट चर्को कर असुली गरेर मोजमस्ति गर्ने , संघीय सरकार , प्रादेशिक सरकार र स्थानीय सरकारले बढाइएको सुखसुविधाहरु बढाउने , एैस आराम गर्ने र चाउचेस्कुु जीवन शैलीमा लिप्त भएकाा महाभ्रष्टहरुको संरक्षक सरकार हो ।
 
 
स्थानीय सरकारको अर्को नाम : भ्रष्टाचारीको अखडानेपालमा ७ वटा प्रदेश सरकार र करीब ८०० वटा जति  स्थानीय सरकार रहेका छन् । सबै स्थानीय सरकारहरु पनि संसारमै १ नम्बरमा भ्रष्टाचार गर्ने सरकार बन्न पुगेका छ । 
 
 
  यो ३ वर्षको बिचमा ७ वटै प्रदेशहरुले अरबौको बेरुजु रहेको महालेखा परिक्षकको कार्यालयले देखाएको छ । यो ठूलो भ्रष्टाचार हो ।
 स्थानीय निकायहरुले पनि विकास निर्माणका नाममा खरबौको बजेट हिनामिना गर्ने र अत्यधिक सुविधाहरु पढाउने होडबाजीमा रहेको दिनको घाम जत्तिकै छर्लङ्गैै छ ।
 
स्थानीय निकायका पदाधिकारीहरुले महंगा महंगा गाडीहरु खरिद गर्ने , अत्यधिक सुविधाहरु बढाउने र मोजमस्ती गर्ने नितान्त वुर्जुवा तथा सामन्ती जीवन शैली प्रदर्शन गर्दै आएका छन् । र, कम्युनिस्टहरूको बदनाम गरिरहेका छन् । 
 
 
५ नम्बर प्रदेश र कर्णाली प्रदेश सबभन्दा बढी सुविधा बढाउने र सरकारीी साधन श्रोतको दुरुपयोग गर्ने र व्यापक भ्रष्टाचार गर्ने प्रदेशहरुमा गन्ध आइरहेका छ । साथै अन्य प्रदेशहरु पनि भ्रष्टाचार मुक्त हुने कुरै भएन । व्यापक रुपमा भ्रष्टाचार गरेर गन्धाइरहेका छन्  । कम वेसी मात्रै हो  । मूल धमिलो भए पछि , मुहान फोहोर भए पछि धाराको पानी चोखो र निर्मल हुने कुरै भएन ।
 
 
त्यसैले नेपाली जनताले स्थानीय सरकारहरुको अर्को नाम – ” भ्रष्टाचारको अखडा ”  राखि दिएका छन् । यो हरक्षेत्रबाट प्रमाणित भइसकेको कुरा हो ।
 
 तसर्थ नेपाली जनताले विश्वस्तरमै दुई तिहाई बहुमतको कम्युनिस्टहरूको सरकार  काँग्रेस – राप्रपाहरुद्वारा भनाइएको   केपी शर्मा ओली नेतृत्वको दलाल सरकारलाई विश्वस्तरमै यसको अर्को नाम – ” “भ्रष्टाचारको अखडा ” राखिदिएका छन्  ।
यो नै सत्य हो !
 
अर्कोतिर ओली नेतृत्वको दलाल सरकारल लाई माफियाहरुले चलाइरहेका छन् । विचौलीयाहरुले चलाइरहेका छ । प्रमुख विचौली सुशील भट्टलाई दलाल सरकारले लगानी बोर्डकको प्रमुख नियुक्त गरिएको घटनाले यो ओली नेतृत्वको दलाल सरकारलाई विचौलीयाहरु र माफियाहरुले चलाइरहेका छन् भन्ने कुरा राम्रोसँग प्रमाणित भएको छ ।
 
 
 यो दलाल सरकारलाई भ्रष्ट ठेकेदारहरुले चलाइरहेका छन् । तस्करहरु , कालाबजारीयाहरु , कमिसनखोरहरु , शैक्षिक माफियाहरु , आौषधि माफियाहरु , हत्याराहरु , बलत्कारीहरु , समग्रतामा चरम भ्रष्टहरुद्वारा ओली नेतृत्वको दलाल सरकार चलिरहेको हुनाले यो सरकारको अर्को नाम -” भ्रष्टाचारको अखडा ” राख्न नेपाली जनता बाध्य भएका हुन  ।