नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि,थप २३३ जना डिस्चार्ज,कुन जिल्ला कति थपिए संक्रमित

काठमाडौं, साउन,२२ । नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका छन् ।

 

  कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ,भने सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ ।  आज थप २३३ जना डिस्चार्ज भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ ।त्यस्तै कोरोना संक्रमणका कारण ६५ जनाको मृत्यु भएको छ ।

कुन जिल्ला कति थपिए संक्रमित

सबै भन्दाधेरै काठमाडौंमा ७६, पर्सामा ४२ जना, कपिवस्तुमा ३२ जना, मोरङ र धनुषामा २४/२४ जना, कैलालीमा २१ जना,सुनसरीमा १९, इलाममा १५, बारामा १४, ललितपुरमा १०, सर्लाहीमा ९, झापामा ८, अछाममा ७, गोरखामा ६, प्युठानमा ५, मकवानपुर, रुपन्देहीमा ४/४ जना ,महोत्तरी, काभ्रे, दाङ, बझाङ र बाजुरामा ३/३ जना, भोजपुर, सिरहा, रौतहट, कञ्चनपुर, डोटीमा २/२ जना, भक्तपुर, दोलखा, चितवन, नुवाकोट, रामेछाप, उदयपुर, गुल्मी, पर्वत, कास्की, दैलेख, सुर्खेत, जुम्ला, मुगु, बैतडीमा १/१ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।