क्वारेन्टिनमा एक युवतीले गरिन् आत्महत्या,गाउँलेको आक्रमणले प्रहरी र स्वास्थ्यकर्मी घाईते

काठमाडौँ,साउन २३ ।गत साउन १६ गते दुबईबाट नेपाल आएकी काभ्रेको बेथानचोक गाउँपालिका वडा न. ४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा बसिरहेकी २१ वर्षिया युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।

 

उनलाई क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी उनीे शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी थिइन।

 

उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिन व्यवस्थापनको लापरवाहीले यस्तो घटना भएको बताउँदै आक्रमण गरेका छन् । आफन्तले क्वारेन्टिन भवनलगाएत त्यहाँ खटिएका स्वास्थ्यकर्मी माथि ढुंगामुढा बर्साएका छन् ।

 

आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको छ । आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् ।