आगामी तीन दिनको मौसम पूर्वानुमान : तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन सबैमा आग्रह

काठमाडौं,साउन २४।मनसुनको न्यून चपाीय रेखा नेपालतर्फ बढ्दै गएका कारण अबको तीन दिन भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

 

आज देशभर सामान्य बदली रही देशका केही स्थान मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण रूपमा बदली भई विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

 

आइतबार प्रदेश नं. १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको हुनसक्ने देखिएकोले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने विभागले बताएको छ ।विभिन्न स्थानमा भारी वर्ष हुनसक्ने देखिएपछि विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

हालको मौसमको अवस्था 

प्रदेश नं २ मा र प्रदेश नं ५ का केहि भु(भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भु-भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन २४ गते (शनिबार)

दिउँसो :देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

राती : देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै-थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन २५ गते (आईतबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

राती : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २ र बागमती प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २६ गते (सोमबार)

दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

राती :देशका अधिकांश भू-भागमा सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै बागमती प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।