आगामी तीन दिनको मौसम पूर्वानुमान: मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडाै,भदाै १। हालको मौसमको अवस्था बारे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा हाल दक्षिणतर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको जनाएको छ ।

महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश ५ तथा कर्णाली प्रदेशका थोरै स्थानहरु र बांकी प्रदेशका एक÷दुई स्थानहरुमा वर्षा भइरहेको छ ।

 

यस्तै, रातिदेशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम विश्लेषण  

मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित छ ।बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको छ।

हालको मौसमको अवस्था 

देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश ५ तथा कर्णाली प्रदेशका थोरै स्थानहरु र बांकी प्रदेशका एक(दुई स्थानहरुमा वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र ०१ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भाद्र ०२ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र प्रदेश नं १ तथा प्रदेश नं ५ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भाद्र ०३ गते (बुधबार)

दिउँसो : देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

राती: देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी प्रदेश, प्रदेश नं ५ तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।