नेकपाका सांसद बानियाँले पदको दुरुपयोग गर्दै ,परस्त्रीसंग बल्याकमेलिङ ,पीडित महिलाले लेखिन यस्तो स्टाटस

सुर्खेत,भदाै ४। नेकपाका केन्द्रिय सदस्य तथा संघिय सांसद मोहन बानियाले बल्याक मेलिङ गरेको पाइएको छ । सांसद बानियाले परस्त्रीसंग बल्याक मेलिङ गरेको पाइएको हो । सांसद बानियले पदको दुरुपयोग गर्दै एक महिलाको मेसेन्जरमा अश्लील तथा नग्न तस्बिरहरु पठाउने गरेको आरोप लागेको छ ।

 

सांसद बानियाको उक्त क्रियाकलापको बारेमा शान्ती शाहीले आफनो फेसबुकवालमा उक्त रहस्य उघारेकी हुन । शाहीले आफनो फेसबुकवालमा स्टाटस लेख्दै भनेकी छन् माननीय ज्युले आफनो पदको दुरुपयोग गर्दै दुनियाका चेलिबेटी महिलालाई अनाबश्यक अश्लिल तस्बिर पठाई घरमा फाटो ल्याई ज्यान जाने खतरामा पुर्याउनु के जायज हो ?

 

जुम्ला हिमा गाउँपालिका १ बस्ने शाहीले मंगलबार फेसबुकमा स्टाटस लेख्दै उक्त कुराको रहस्य उदघाटन गरेकी हुन । उनले आफुलाइ ज्यान लिने अबस्थामा पुर्याएको समेत बताइएकी छन ।

 

जुम्ला हिमा गाउँपालिका ५ रुपाकोट आधारभुत बिद्यालयकी प्रअ समेत रहेकी शाहीले आफुलाई निरन्तर अनाबश्यक रुपमा मेसेन्जरमा अश्लिल तस्बिरहरु पठाउने गरेर मानशिक टर्चर दिएको बताएकी छन ।

 

उनले त्यहि मेसेजका कारण श्रीमानको तनाब भोग्नु परेको जिकिर गरेकी छन । गत चैत्र ८ गते सांसद बानियलाई पारीबारीक रुपमा माफी माग्न अनुरोध गरेपनि उनले आलटाल गरेको बताएकी छन्।

 

उक्त बिषयमा सांसद बानियासंग सम्पर्क गर्दा उनले शो बिषयमा कुरा गर्न चाहेनन् । बानिया पुर्व एमालेबाट संघिय सांसद हुन ।

कुसेन्युजबाट साभार।

यस्तो छ उनको स्टाटस