यी क्षेत्रमा आज ११ देखी ३ बजेसम्म लोडसेडिङ हुँदै

काठमाडौं,भदाै ७ । नेपाल विद्युत प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु रिगरोड फिडरबाट वितरीत ११ के भी लाइनमा नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएकोले केही समय लोडसेडिङ हुने भएको छ ।

 

आज आइतबार विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म बागडोल एरिया आसपास, सनराईज टावर अफलोडल, सानेपा रिङरोड बाहिर, खाद्य गोदाम आसपास, चाइनिज क्याम्पलगायतका क्षेत्रमा लोडसेडिङ हुने पुल्चोक वितरण केन्द्रले जनाएकाे छ ।

 

 टेकु रिगरोड फिडरबाट वितरीत ११ के भी लाइनमा नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएकोले केही समय लोडसेडिङ हुने भएको  छ।

प्राधिकरणले तोकिएको समय अगाबै काम सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारी दिएको छ ।