उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १२। उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाइ कोरोना संक्रमण पुष्टि भएको छ ।चौधरीले शुक्रबार आफ्नो ट्विटमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

 

‘आजै पिसिआर परीक्षणको रिजल्ट आयो’, चौधरीले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’

 

चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाब दिएका छन्।