नेपालमा थप १०८१  जनामा कोरोना संक्रमण पुष्टि ,९१८ जना डिस्चार्ज,कुन जिल्लामा कति थपिए संक्रमित 

 काठमाडौं ,भदौ २४।  नेपालमा थप १०८१  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार  देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा १०८१ जनामा संक्रमण पुष्टि भएको हो ।

 

त्यस्तै काठमाडौं उपत्यकाका थप ४६४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३९४जना,ललितपुरमा ३४ जना र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

याे सँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ।

 

याे सँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । उनीहरुमध्ये ३१२ जनाको मृत्यु भएको छ ।  ३३ हजार ८८२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् ।

 

त्यस्तै पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् ।

त्यस्तै काेराेना भाइरसकाे संक्रमण शून्य रहेका जिल्लाहरू, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना संक्रमण शून्य रहेको मन्त्रालयले जनाएकाे छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं उपत्यकाका थप ४६४ जनामा संक्रमित थपिएका छन् । काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सिराहाका ८१ जना, मोरङका ७७, रौतहटका ७०, सुनसरीका ५६, मकवानपुर र रुपन्देहीका ४२/४२ जना, सप्तरीका २६, बाँके र सुर्खेतका २२/२२ जना, काभ्रेका २१, बाराका १७, बर्दियाका १३, नवलपरासीका १२, कपिलवस्तुका ११, कास्कीका १०, धनकुटाका ९ र झापा, पर्सा र सर्लाहीका ६/६ जना ,भोजपुरका ५ जना, नुवाकोट र तनहुँका ४/४ जना, ओखलढुंगा, धनुषा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, लमजुङ र दार्चुलाका ३/३ जना, खोटाङ, महोत्तरी, धादिङ, बाग्लुङ,गुल्मी, पाल्पा, दैलेख र बझाङका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, सिन्धुली, गोरखा, नवलपुर, पर्वत, स्याङ्जा, दाङ, जाजरकोट र अछामका १/१ जनामा संक्रमण देखिएको छ ।