आज मिति २०७७ भदौ २७ शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष –आज नयाँ र महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

मिथुन – आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । व्यावसायिक काम राम्रै हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 

सिंह – आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । महिला वा मित्रबाट सहयोग मिल्नेछ ।

 

तुला –आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 

धनु – कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

 

कुम्भ – प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योगपनि रहेको छ ।

 

वृष – इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

 

 

कर्कट- आज काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

 

कन्या-आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ

 

 

वृश्चिक – अनावश्यक यात्रा हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी बिच खिन्नता बढ्न सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला ।

 

 

मकर – आज नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

 

मीन – बिलाशि बस्तुको प्रयोग गर्न पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुनेछ परिश्रम गर्दा धनार्जन हुनेछ ।