नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जेन दोर्जे तामाङ पुर्पक्षका लागि थुनामा

काठमाडौं,भदौ ३० । नेपालकाे राष्ट्रिय झण्डा म्युजिक भिडियोमा जलाएको आरोपमा पक्राउ पर्ने गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले सोमबार तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

 

सोही आरोपमा मुछिएका तीनजनालाई भने १५ हजार धरौटीमा छाडिएको छ । पाँचजना साधारण तारिखमा छुटेको जिल्ला अदालत काठमाडौंले जनाएको छ । उनीहरूविरुद्ध भदौ २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

 

विष्णु आधारभूत विद्यालय मकवानपुरमा छायांकन गरिएको भिडियो ‘मंगोल हप अफिसियल’ नामक युट्युब च्यानलबाट अपलोड गरिएको थियो ।

भिडियोमा क्षेत्री–ब्राहृमण समुदायलाई अश्लील गाली गरिएको थियो । त्यसरी कसैले पनि जाती धर्म प्रर्ति गाली गर्ने कुनै पनि समुदायलाइ लक्ष्ति गरि जातिय दन्द गर्न खाेज्नेलाइ नेपालकाे कानुन अनुसार कारबाही हुने स्पष्ट व्यवस्था रहेकाे छ।