नेपालमा थप १५३९ जनाका कोरोना संक्रमण पुष्टि, उपत्यकामा थप ७३७ जनामा संक्रमण

काठमाडौं,भदौ ३१ । नेपालमा थप १५३९ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १०,४९४ नमुना परीक्षण गर्दा १५३९ जनामा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो । याे सँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

 

काठमाडौं उपत्यकामा एकै दिन थप ७३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उपत्यकामा एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ६५२, ललितपुरका ६० जना र भक्तपुरका २५ जना छन्।

उनीहरुहध्ये ३७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।