देशको विकराल संकटपूर्ण अवस्थालाई लिएर देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले विज्ञप्ती प्रकाशित गर्दै : नेपाली जनतालाई आन्दोलनकालागि तयार रहन आह्वान

 काठमाडौं,,असोज ४ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी.पी.गजुरेलद्धारा एक विज्ञप्तीमार्फत वर्तमानमा देशको विकराल संकटपूर्ण अवस्थालाई लिएर नेपाली जनतालाई आन्दोलनकालागि तयार रहन आह्वान् गरिएकाे छ।विज्ञप्तीको पूर्ण पाठ तल दिइएकोछ :-

आन्दोलनकालागि तयार रहन आह्वान् !

देश यतिखेर विकराल संकटको अवस्थाबाट गुज्रिरहेको छ । विदेशी शक्ति केन्द्रहरु, दलाल पुँजीपति र विचौलियाको निर्देशनमा संचालित यो सरकारको पालामा ‘मर्न आँटें उपचार पाउँ १’ भन्दा भन्दै सुत्केरी र कोभिड–१९ का विमारीहरुको ज्यान गएका, ‘सास जान आँट्यो केही त खान पाउँ १’ भन्दै विपन्न वर्गका मानिसहरुले प्राण त्याग्नु परेका घटनाले सञ्चार माध्यमहरु रंगिएका छन् । भोको पेट लिएर स्वयम्सेवी संस्थाहरुद्वारा वितरण गरिएको खाना खान खुला मञ्चमा आएका भोका जनतालाई नजिकै धुमधाम साथ मनाइएको संविधान दिवसमा डिस्टर्ब हुन्छ भनेर प्रहरीले लखेटेको दृश्य देख्दा कसको मन नरोला रु सामान्य मागहरुलाई लिएर सडकमा उभिएका जनता माथि प्रहरीले बजारेको लाठीको घटनाले यो संविधान जनताको होइन रहेछ भन्ने कुराको सर्वत्र चर्चा चलेको छ । विश्वका झण्डै २०० भन्दा बढी देशमा महामारीका रुपमा फैलिएको महाव्याधी कोरोनाको उपचार अब आइन्दा सरकारले नगर्ने, विरामी आफैंले गर्नु पर्ने भन्ने निर्लज्ज र चरम गैर जिम्मेवार फरमान् जारी गर्दैछ, यो सरकार । संसदमा पारित हुनबाट जोगिएको एम्।सी।सी। सम्झौतामा अमेरिकी सरकार थोरै पछि हटेको देखाएर संसदको आगामी अधिवेशनबाट पारित गराउने खतरा देखिँदैछ । जनसंघर्षको दवाबबाट नेपालको नक्शा सार्वजनिक गरिएको भए पनि लिम्पियाधुरा, कालापानी र लिपुलेक माथि भारत सरकारले सिकन्जा झन् कस्दै लगेको छ , तर सरकार तमासे बनेर हेरिरहेको छ । कालापानीमा भारतीय सेना परेड खेलिनैरहेका छन् । साठी लाख भन्दा बढी युवाहरु बेरोजगार हुने अनुमान गरिँदै छ । तर रोजगारीको कुनै ठोस योजना छैन । राज्यको ढुकुटी भ्रष्टाचार र कमिशनबाट रित्तिने अवस्था तिर गैरहेको छ ।
समग्रमा, यो सरकारले गरेको अति अब खपिनसक्नु हँुदै छ । हामीले सरकारलाई जानकारी गराउने, सचेत गराउने, दवाब दिने सबै काम गरिसकेका छौं । संसदमा भएको कथित दुई तिहाईको दम्भ प्रदर्शन गर्नु बाहेक जनताको आवाज सुन्ने पक्षमा यो सरकार देखिँदैन । यस्तो अवस्थामा अब अर्को जनआन्दोलनमा उत्रनु सिवाय अन्य कुनै विकल्प छैन । त्यसैले, इतिहासका निर्माता नेपाली जनता सँग अर्को ऐतिहासिक जनआन्दोलनका निमित्त हर तरहले तयार रहन हामी विनम्रतापूर्वक अनुरोध गर्दछौं । अहिले जे भैरहेको भए पनि, अन्त्यमा जित नेपाली जनताको नै हुनेछ ।

सी.पी.गजुरेल
अध्यक्ष
मितिः २०७७÷०६÷०४