आजको मौसम पूर्वानुमान : आजबाट माैसममा क्रमिक सुधार हुँने

काठमाडौं,असोज ११। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको जनाएकाे छ।

 

आज प्रदेश न १ मा पूर्णतया बदली बाँकी प्रदेशमा सामान्य बदली रहेको महाशाखाले जनाएकाे छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ११ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेग गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एकर दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

राती :प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज १२ गते (सोमबार)

दिउँसो: प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

 

राती :प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । प्रदेश नं १ का एकर दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

असोज १३ गते (मंगलबार)

दिउँसो: प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

 

राती :प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

प्रदेश नं १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।