नेपालमा पहिलो पटक कोरोनाका संक्रमणबाट चिकित्सकको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,असोज १५।नेपालमा कोरोना भाइरस संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु भएको हो। कोरोना भाइरसबाट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा हरि सापकोटाको कोरोना सङ्क्रमणले मृत्यु भएको छ। 

 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बूका अनुसार भेरी अस्पताल नेपालगन्जमा दरबन्दी भए पनि उनि क्षेत्रीय अस्पताल सुर्खेतमा काजमा काम गरि रहेका थिए ।

 

दुई साताअघि कोरोना सङ्क्रमण पुष्टि भएका ५८ वर्षीय डा सापकोटलाई प्रदेश अस्पतालमा श्वास फेर्न गाह्रो भएपछि थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पु-याइएको थियो ।

 

उहाँ प्रदेश अस्पतालमा लामो समयदेखि कन्सल्ट्यान्ट प्रमुखका काम गर्दै आउनुभएको थियो ।नेपालमा  कोरोनाबाट चिकित्सकको मृत्यु भएको याे पहिलो घटना हाे।