“राष्ट्रमा उत्पन्न समस्या र तिनको निकास” विषयक २० वामपन्थी संगठनद्धारा आयोजित बृहद अन्तरकृया कार्यक्रम सम्पन्न

काठमान्डौ,असोज१७ ।आफुलाई वामपन्थी भनेर देशमा शासन चलाइरहेको पार्टीको एकलौटी सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्ने होइन कि तिनलाई झन् झन् विकराल बनाउने काम गरेर वामपन्थी भन्ने शव्द प्रतिनै वितृष्णा पैदा गराइरहेको अवस्थामा निम्न अनुसारका २० वामपन्थी संगठनहरुको कार्यगत एकताले सच्चा वामपन्थीको भूमिका निर्वाह गर्ने जमर्को गर्दै यहि आश्विन १७ गते दिनको १२ बजे देखि “देशमा उत्पन्न समस्या र तिनको निकास” भन्ने विषयमा आयोजित बृहद् अन्तरकृया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यगत एकतामा सम्मिलित २० वामपन्थी संगठनहरुका नेतृत्वतहको कमरेडहरुको सहभागिता रहेको सो कार्यक्रमको सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालका अध्यक्ष क। सीपी गजुरेलले गर्नु भएको थियो । करीव सढे ३ घण्टासम्म चलेको उक्त अन्तरकृयात्मक कार्यक्रममा करीव १०५जना सहभागीहरुको उपस्थिति थियो ।

कार्यक्रमको सुरुवात गर्दै क.सीपी गजुरेलले विषयलाई स्पष्ट पार्दै यो सरकार गठन पछि यसले देशभित्र र बाहिर यसमा सबै कम्युनिस्टहरु एकतावद्ध भएका छन् र यसले समाजवादलाई अगाडि बढाउँछ भन्ने ठूलो भ्रम थियो तर आजको यस कार्यक्रममा सम्मिलित २० वामपन्थी संगठनहरुको उपस्थितीले यो भ्रमलाई चीर्न सफल भएको छ भन्नु भयो । यसमा जोडदिंदै उहाँले आजको यो सहभागिता यसमा सुरुदेखि लागेका राजनीतिक नेतृत्वको व्यापक पहलकदमीका कारण यो सम्भव भएको छ भन्नु भयो ।

कार्यक्रमको समापन गर्दै २० संगठनको कार्यगत एकताका तर्फबाट सीपी गजुरेलले कार्यक्रम सानदारपूर्वक सम्पन्न भएकोमा त्यसमा संलग्न सबैलाई धन्यवाद दिंदै यही आस्विन २४गते शनिवारका दिन बस्ने २०दलको बैठकले संघर्षका भावी कार्यक्रमहरु तय गर्ने जानकारी समेत दिनु भयो । कार्यक्रमको बहसको निचोडलाई उहाँले निम्न बूँदाहरुमा प्रस्तुत गर्नु भयोः

१-सबै वक्ताहरुले यो सरकारलाई अग्रगामी र प्रगतिशील होइन यो एउटा प्रतिक्रियावादी सरकार हो भन्नेमा सहमति जनाए
२- यो सत्ताधारी पार्टी डव्वल नेकपा यो कम्युनिस्ट पार्टी होइन, यो चाही दक्षिणपन्थी दलाल र नोकरशाही पुँजीपति र सामन्तशाही वर्गको हीतको प्रतिनिधित्व गर्ने पार्टी हो ।

३-यो २० दलको कार्यगत एकता एउटा ऐतिहासिक सफलता हो ।

४-यो कार्यगत एकतालाई अझ व्यापक र विस्तृत गर्नु पर्छ र सुदृढ गर्नुपर्छ ।

५-यो एकतालाई संयुक्त मोर्चासम्म उठाउनु पर्छ । र यस अभियानलाई एउटा एकीकृत कम्युनिस्ट पार्टीको निर्माणमा विकास गर्दै जानु पर्छ भन्नेमा उहाँले जोड दिनु भयो ।

२० वामपन्थी संगठनहरुमा नेकपा(मसाल), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माले), राष्ट्रिय जन मोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, नेकपा(माओवादी केन्द्र), राष्ट्रिय जागरण मंच, जन समाजवादी पार्टी, नेकपा(संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा(बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एम् सी सी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा(माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल)को सहभागिता रहेको छ ।