नेपाली कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण पष्टि

काठमाडौं,असोज,१७ । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले टुइट गर्दै आफूलाइ काेराेना संक्रमण भएकाे जानकारी गराएका छन्।

 

कांग्रेसले १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरुको पीसीआर टेष्ट गरेको थियो । त्यसमा केही नेतालाई संक्रमण पुष्टि भएको हो ।आफूलाई कोरोना संक्रमण भएको तर स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताएका छन् ।

 

आफू होम आइसोलेसनमा रहेको भन्दै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गरेका छन् ।