नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप १५९९ जना संंक्रमण,कुन जिल्लामा कति थपिए संक्रमित ?

काठमाडौं ,असोज,१८ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

 देशभरमा २२ हजार २१९ संक्रिय संक्रमित छन् । ११ हजार ८९३ जना होम र १० हजार ३२६ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २२६ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

कुन जिल्लामा कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङका ८१ जना, कैलालीका ५५, सुर्खेतका ५४, चितवन र रुपन्देही ५२/५२ जना, बर्दियाका ५०, नवलपुरका ४०, मकवानपुरका २२, कञ्चनपुरका २१, तनहुँका १९, झापाका १६, पाल्पाका १५, नुवाकोटका १४, बाँकेका १३ र काभ्रेका १० जना ,धनुषा र दाङका ९/९ जना, सनसरी, पर्सा, धादिङ, सिन्धुपाल्चोक, दैलेख ८/८ जना, बारा, सिराहा र लमजुङका ७/७ जना, सर्लाहीका ६, रौतहट र प्युठानका ५/५ जना, कास्की र स्याङ्जाका ४/४ जना, खोटाङ, सप्तरी र बाग्लुङका ३/३ जना, उदयपुर, दोलखा, रसुवा, रामेछाप, रुकुम पूर्व र सल्यानका २/२ जना तथा भोजपुर, संखुवासभा, महोत्तरी, नवलपरासी, कालीकोट, डडेलधुरा, बझाङ र बैतडीका १/१ मा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।