गम्भीर प्रकृतिका संक्रमित बढ्दै : भेन्टिलेटर र आईसीयूमा बस्नेको ग्राफ बढ्दो

सांकेतिक तस्वीर

काठमाडौं,असोज १९ । केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना भेन्टिलेटर र २ सय २६ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।

 

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ११२ जना रहेका छन् । बाग्मतीमा २७ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रदेश ५ मा ४४ जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् ।

 

प्रदेश १ मा २८ जना आईसीयू र १ जना भेन्टिलेटरमा र प्रदेश २ मा १७ आईसीयू उपचाररत छन् । सुदूरपश्चिममा ४ जना आईसीयू, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १५ आईसीयूमा उपचाररत छन् ।

 

हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ । आइतबार सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।

 

यस्तै, देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ । आइतबार २२ हजार २ सय १९ जना सक्रिय संक्रमितमध्ये ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् ।

 

सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार १ सय ५३ जना होम आइसोलेसनमा छन् । प्रदेश १ मा १ हजार ८ सय ५०, प्रदेश २ मा ५ सय ५८, प्रदेश ५ मा १ हजार २ सय २, सुदूरपश्चिम प्रदेशमा ४ सय १८, गण्डकी प्रदेशमा ५ सय ३२ र कर्णाली प्रदेशमा २ सय ८० जना होम आइसोलेसनमा रहेका छन् ।

 

देशभर आइतबार २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ । आइतबार प्रदेश १ को उदयपुरमा दुई, खोटाङमा तीन, झापामा १६, भोजपुरमा एक, मोरङमा ८१, संखुवासभामा एक र सुनसरीमा आठ जनामा कोरोना संक्रमण देखिएको छ ।

 
प्रदेश २ को धुनषामा नौ, पर्सामा आठ, बारामा सात, महोत्तरीमा एक, रौतहटमा पाँच, सप्तरीमा तीन, सर्लाहीमा ६ र सिरहामा सात जनामा कोरोना देखिएको छ । बाग्मती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३ सय ७३ जनामा कोरोना पुष्टि भएको छ ।

 

काभ्रेमा १०, चितवनमा ५२, दोलखामा दुई, धादिङमा आठ, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा २२, रसुवामा दुई, रामेछापमा २, ललितपुरमा १ सय ८७ र सिन्धुपाल्चोकमा आठ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

यस्तै, गण्डकी प्रदेशको कास्कीमा चार, तनहुँमा १९, नवलपरासी पूर्वमा ४०, लमजुङमा सात, बाग्लुङमा ३ र स्याङजामा चार जनामा कोरोना पुष्टि भएको छ ।

 

प्रदेश पाँचको कपिलवस्तुमा चार, गुल्मीमा चार, दाङमा नौ, नलवपरासीमा एक, पाल्पामा १५, प्युठानमा पाँच, बर्दियामा १३, बाँकेमा ५० र रूपन्देहीमा ५२ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा एक, दैलेखमा आठ, रुकुम पश्चिममा दुई, सल्यानमा दुई र सुर्खेतका ५४ जनामा कोरोना पुष्टि भएको छ ।

 

सुदूरपश्चिमको कञ्चनपुरमा २१, कैलालीमा ५५, डँडेलधुरामा एक, बझाङमा एक र बैतडीमा एक जनामा कोरोना भेटिएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । देशभर २२ हजार २ सय १९ जना सक्रिय संक्रमित छन् ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार १२ हजार ७ सय ८४ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै हालसम्म १० लाख ७४ हजार ४ सय ४८ जनाको पीसीआर भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ४ हजार २ सय ३ जना क्वारेन्टिनमा छन् । नेपालमा २२ हजार २ सय १९ जना सक्रिय संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।राजधानी दैनिकमा खबर छ।