देजमो नेपालका अध्यक्ष सीपी गजुरेलले प्रेसवक्तव्य जारी गर्दै :डा.गोविन्द केसीको जीवनमाथि खेलवाड नगर्न सरकारलाई चेतावनी

काठमाडौँ, असोज १९ । देशभक्त जनगणतान्त्रिक माेर्चा नेपालले चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनशनरत डा.गोविन्द के.सी.को स्वास्थ्य जटिल बन्दै गएको तर अहिलेकाे केपी सरकारले कानमा तेल हालेर बसेको छ ।भन्दै प्रेस वक्तव्य जारी गरेर विराेध जनाएकाे छ।

   नेपालमा शिक्षा र स्वास्थ क्षेत्रमा भइरहेका विकृति र विसंगतिको विरोध र यस स्थितिमा सुधार गर्ने उद्देश्यका साथ १९ औं अनसनरत वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको अनसनको आज २२ औं दिनमा प्रवेश गर्दा समेत सरकारले उहाँकाे स्वास्थ्य अवस्था नाजुक हुँदै गएपनि माग पुरा गर्न कुनै चासाे देखाएकाे छैन । त्यसैले उहाँकाे जीवन रक्षा गर्न तत्काल उहाँसंग वार्ताको पहल गर्न सरकारसँग कडा शब्दमा जोडदार माग गरिएका छ ।   

तर यो सरकारले उहाँका विगतका अनसनका दौरानमा गरिएका वार्ताहरुमा भएका सहमतिहरुलाई नै कार्यान्वयन गर्न आनाकानी गरीरहेको अहिलेकाे अन्धाे सरकारले अहिले केसीकाे जीवन रक्षा गर्न र जायज माग सबै पुरा गर्न देजमो नेपालका अध्यक्ष सीपी गजुरेलद्धारा वक्तब्यमार्फत उल्लेख गरिएकाे छ। उहाँका माग अविलमव सम्वोधन गर्न सरकारलाई चेतावनी समेत दिइएको छ ।

वक्तव्यको पुरा पाठ यस्ताे छः

डा.गोविन्द केसीका माग पूरा गर ।

नेपालमा शिक्षा र स्वास्थ क्षेत्रमा भइरहेका विकृति र विसंगतिको विरोध र यस स्थितिमा सुधार गर्ने उद्देश्यका साथ लामो समयदेखि सक्रिय रहनुभएका अभियन्ता वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको १९ औं अनसन आज २२ औं दिनमा प्रवेश गरेको छ । उहाँको स्वास्थस्थिति नाजुक बनेको कुरा उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । मूलतः विगतका अनसनका दौरान वार्ताहरुमा भएका सहमतिहरुलाई नै कार्यान्वयन गर्ने मागहरु भएको हुनाले अविलम्ब वार्ता समिति बनाई उपयुक्त मागहरु पूरा गरी उहाँको जीवन रक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । डा.गोविन्द के।सी।को जीवनमा खेलवाड गर्ने काम नहोस् १ हामी यो सरकारलाई चेतावनी पनि दिन चाहन्छौं ।

                                                                                                                                                               सीपी गजुरेल
                                                                                                                                                                    अध्यक्ष
                                                                                                                                                                   देजमो नेपाल

प्रेस- वक्तव्य