वर्तमान अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सन्दर्भमा 

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास ज्यादै लामो र समृद्धशाली छ । सन १८४६ मा स्थापना गरिएको कम्युनिस्ट लिगको स्थापनासंगै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास शुरु भएको हो ।सन १८४७ को नोभेम्बरमा जेनेभामा आयोजना गरिएको कम्युनिस्ट लिगको दोस्रो कंग्रेसले कार्ल माक्र्स ( १८१८ – १८८३)  र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ )लाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्ने जिम्मा सुम्प्यो । 
 
 
सन १८४८ फेब्रुअरी २१ का दिन कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा लण्डनबाट जारी गर्नु भयो । त्यही विश्व विख्यात कम्युनिस्ट घोषणापत्र नै विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त र पथप्रदर्शक सिध्दान्त बन्यो । अर्थात् माक्र्स – एंगेल्सद्वारा माक्र्सवादको प्रतिपादन पश्चात् विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सैधान्तिक हतियार प्राप्त गर्यो ।
 
     
माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । यसको सिध्दान्त भौतिकवाद हो । तसर्थ  यस दर्शनको सिध्दान्त भौतिकवाद हो भने  द्वन्द्ववाद यस दर्शनको पध्दति हो  । यो नै विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो  
     
आज माक्र्सवादको विकासको चरणमा पहिलो माक्र्सको विकासको चरणमा विकास भएको छ ।
         
माक्र्सवादको विकासको दोस्रो चरण लेनिनवादको गुणात्मक रुपमा  विकास भएको छ ।
     
माक्र्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास भएको छ । आज यसरी माक्र्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्न पुगेको छ । 
     
यसै सिलसिलामा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासक‍ो चर्चा गरिरहदा सही कुरा के हो भने सन १८५२ मा माक्र्सले कम्युनिस्ट लिगको विघटन गर्नु भयो  । र , सन् १८६४ मा आफ्नै नेतृत्वमा कम्युनिस्ट अन्तर्राष्ट्रियको गठन गरेर सञ्चालन गर्नु भयो । त्यस पहिलो कम्युनिस्ट अन्तर्राष्ट्रियलाई चरम अवसरवादी तथा अराजकतावादीहरुले कब्जा गर्न थालेपछि माक्र्स स्वयंले सन १८७२ पहिलो कम्युनिस्ट अन्तर्राष्ट्रियको पनि विघटन गर्नु भयो ।
 
   
सन १८८३  मार्च १४ का दिन माक्र्सको निधन भयो । माक्र्सको निधनले विश्व कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति हुन पुग्यो । 
     
सन १८८९ मा फ्रेडरि एंगेल्सले आफ्नै  नेतृत्वमा दोस्रो दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको गठन गर्नु भयो । 
     
सन १८९५  अगष्ट ६ का दिन फ्रेडरिक एंगेल्सको निधन भयो । एंगेल्सको निधनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुग्न गयो । त्यस पछि दोस्रो अन्तर्राष्ट्रियको जिम्मेवारी लेनिनको काँधमा आयो ।
       
सन १९१४ मा लेनिनले दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको पनि विघटन गर्नु भयो ।
         
सन १९१७ अक्टोबर २५ का दिन लेनिनकै नेतृत्वमा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो ।
     
महान् रुसी अक्टोबर समाजवादी क्रान्ति एक ऐतिहासिक परिघटना थियो । त्यसले विश्व मानव समाजमा नयाँ युगको सूत्रपात गर्यो । 
     
अक्टोबर क्रान्तिक‍ो प्रभाव विश्वभरी पर्न गयो । त्यस पछि विश्वका विभिन्न मुलुकहरुमा एक पछि अर्को गर्दै दर्जनौ कम्युनिस्ट पार्टीहरु निर्माण हुन पुगे । 
       
यसै सिलसिलामा कमरेड माओ त्सेतुङको नेतृत्वमा सन १९४९ अक्टोबर १ दिन महान् चिनीया नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । 
       
त्यो भन्दा पहिले नै उत्तर कोरिया र भियतनाममा जनवादी एवं समाजवादी क्रान्तिहरु सम्पन्न भइसकेका थिए ।
     
  पूर्वी युरोपका २० आौ राष्ट्रहरुमा सोभियत मोडलको समाजवाद लागु गरिएको थियोे । र , सन १९५९ मा क्युवाली क्रान्ति पनि सम्पन्न भएको थियोे । यसरी विश्व भूगोलको ठूलो भूभाग र जनसंख्याको बहुमत संख्या समाजवादको छातामुनी ग‍ोलबन्द हुन पुगेका थिए ।
     
सन १९१९ मा लेनिनले आफ्नै नेतृत्वमा तेस्रो  कम्युनिस्ट अन्तर्राष्ट्रियको गठन गरेर परिचालन गर्नु भय।
     
सन १९२४ जनवरी २३ का दिन लेनिनको पनि पनि निधन भयो  । लेनिनको निधनलेअन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति हुन पुग्यो । त्यस पछि कम्युनिस्ट अन्तर्राष्ट्रिय र सोभियत समाजवादलाइ अगाडि बढाउने जिम्मेवारी स्तालिनको काँधमा आयो ।
     
तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियलाई पनि सन १९४३ डिसेम्बर १० का दिन स्तालिनले विघटन गर्नु भयो । र , आफ्नै नेतृत्वमा कोमिनटर्नको गठन गर्नु भयो । यस विषयमा चीनले कुनै चासो लिएन । त्यस पछि त्यो अगाडि कढ्न सकेन ।
         
 सन १९५३ मार्च का दिन स्तालिनको पनि निधन भयो  । स्तालिनको निधनले पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुग्न गयो ।
   
स्तालिनको निधन पश्चात् अर्थात् सन १९५६ मा निकेतन ख्रुश्चोवद्वारा रुसी कम्युनिस्ट पार्टी ( ब‍ोल्सेविक ) भित्र प्रतिक्रान्ति गराइयो । 
         
सन १९५६ मार्च २४- २६ मा रुसी  कम्युनिस्ट पार्टी ( बोल्सेविक) को २० आौ महाधिवेशनमा ख्रुश्चोवले सम्पूर्ण जनताको पार्टी ,सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिध्दान्त अवलम्बन गर्दै तथा वर्गसंघर्ष , सर्वहारा वर्गको अधिनायकत्व सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थापना गर्यो ।
       
यस परिघटनाले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र र विश्व समाजवादी शिविरमा गंभीर प्रकारको असर पर्यो । 
   
 कमरेड माओ त्सेतुङले ख्रुश्चोवी संशोधनवाद अर्थात् आधुनिक संशोधनवादो खुलेर विरोध जनाउनु भयो र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र भीषण दुई लाइन संघर्ष चलाउनु भयो ।
       
यता चीनमा पनि सन १९५६ मा आयोजना गरिएको चिनीया कम्युनिस्ट पार्टीको ८ आौ महाधिवेशनमा ल्यू शाओ चि र दङ शायो पिङले ” विरालाो कालो र सेतो हुनुले फरक पार्दैन , विरालोको मुख्य काम मुसा मार्नु हो ” भन्दै पुँजीवादी कार्यदिशा पेस गरेर पुँजीवादको पुनःस्थापन गर्ने कार्य भयो । 
       
कमरेड माओ त्सेतसङले प्रतिक्रान्तिप्रति भीषण वैचारिक संघर्ष सञ्चालन गर्दै ” हेड क्वाटरमाथि बमबारी गर ” भन्ने उर्दी जारी गर्नु भयो । र पार्टी र सरकारको माथिल्लो तहमा घुस्न सफल भएका संशोधनवादीहरुलाई परास्त गर्न सन १९६६ देखि १९७६ सम्म दश वर्षे ” महान् सर्वहारा साँस्कृतिक क्रान्ति ” सञ्चालन गरेर सर्वहारा वर्गको अधिनायकत्व स्थापनागर्न जीवन प्रयान्त संघर्ष जारी राख्नु भयो । 
   
  १९७६ सेप्टेम्बर ९ काा दिन कमरेड माओ त्सेतुङको पनि  निधन भयो  । कमरेड माओक‍ो निधनले पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुग्न गयो  । कमरेड माओको निधन भएको ठिक एक महिना पछि चीनमा प्रतिक्रान्ति भयो । र पुनः पुँजीवादको पुनःस्थापना भयो । र प्रतिक्रान्तिकारी तेङ गुटले ग्याङ अफ फोरका चार जना नेताहरुलाई गिरफ्तार गरेर आजीवन जेलमा सढाएर पुँजीवादको पुनःस्थापना गर्यो ।
       
यसरी रुस र चीनमा प्रतिक्रान्ति भए पछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्र र विश्व समाजवादी शिविरभित्र अबश्यै पनि गंभीर प्रकारको धक्का लाग्यो । र , अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा पुग्यो । अझैसम्म यो अवस्था कायमै छ ।
       
 सन १९८० विश्वभरका क्रान्तिकारीहरुको भेलाको आयोजना गरियो । सन १९८४ मा क्रान्तिकारी कम्युनिस्टहरुको अन्तर्राष्ट्रियका रुपमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन ( रिम) को स्थनपना भयो । 
     
 सन १९८८ मा  कमरेड गोञ्पेजालोले नेतृत्व गरेको पेरुभियाली कम्युनिस्ट पार्टी ( साइनिङपाथ) ले कमरेड माओका योगदानहरुलाई ” माओवाद ” मान्नुपर्ने भन्दै ” माओवाद ” को पदावली प्रयोग गर्यो र त्यस पछि क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन ( रिम ) मा आबद्ध विश्वभरका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले कमरेड माओका योगदानहरुलाई संश्लेषण गरिएको ” माओवाद ” लाई अंगिकार गर्ने र पार्टीको पथप्रदर्शक सिध्दान्त माक्र्सवाद – लेनिनवाद – माओवाद हुने कुरालाई आत्मसात गरियो र पार्टीको नामको अगाडि क‍ोष्टभित्र ” माओवादी ” लेख्न थालियो ।
   
 पेरुमा कमरेड गोञ्जालोको नेतृत्वमा पेरुभियाली कम्युनिस्ट पार्टी ( साइनिङपाथ) ले सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको थियो । 
     
तीनवटा मुख्य शहर रहेको पेरुमा माओवादी हरुले राजधानी रहेको लिमा शहर कब्जा गर्ने अवस्थामा पुगेकै बेला सन १९९२ मा साइनिङपाथका अध्यक्ष कमरेड गोञ्जालो अमेरिकी पिठ्युँ फुजिमोरी सरकारको गिरफ्तारीमा पर्नु भयो र उहाँलाई सैनिक जेलमा राखियो ।
     
त्यस पछि दोस्रो र तेस्रो तहका नेताहरु पनि गिरफ्तारीमा पर्नु भयो र भीषण दमन चलायो । त्यस पेरुभियाली  माओवादीहरुले सञ्चालन गरेको सशस्त्र जनयुद्धले सेटब्याक खायो ।
 
  सन १०९१ मा सोभियत मोडलको समाजवादलाई विधिवत रुपमा विघटन गरियो । त्यस पछ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्र निरासा छाइरहेको बेला यता नेपालमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को पहलमा २०५१ साल ( सन १९९६ ) फाल्गुन १ गतेदेखि सशस्त्र जनयुद्धको शुरुवात भयो । 
     
दश वर्षसम्म सञ्चालन गरिएको सशस्त्र जनयुद्धक‍ो प्रक्रियामा आधार इलाकाहरु निर्माण गरिए । स्थानीय जनसत्ताहरु , जनअदालतहरु , जनकम्युनहरु र जनसरकारहरु निर्माण हुदै गए । सात सात वटा जनमुक्ति सेनाका डिभिजनसम्म बन्न पुगे ।
       
राजनीतिक शक्ति सन्तुलन हुदै प्रत्याक्रमणको चरणमा पुगिसकेको बेला जनयुद्धको नेतृत्व गर्दै आएका प्रचण्ड – बावुराममा व्यापक रुपमा वैचारिक विचलन पैदा भए पश्चात् उनीहरूले साम्राज्यवाद र विस्तारवादका सामु लम्पसार परेर आत्मसमर्पण गरेर प्रतिक्रियावादमा पतन हुन पुगे  पछि दश वर्षेे जनयुद्धले सेटब्याक खान पुगेको छ ।
   
  तर माओवादी आन्दोलनभित्रका क्रान्तिकारीहरुले २०६९ असार २/५ को बौद्ध राष्ट्रिय भेलाबाट विद्रोह गरी नेपाल कम्युनिस्ट पार्टी – माओवादी पुनर्गठन गरेर अहिले नेकपा ( क्रान्तिकारी माओवादी ) सम्म पुगेर सशस्त्र जनविद्रोह मार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुदै साम्यवादमा पुग्ने लक्ष्यका साथ क्रान्तिको तयारी गरिरहेको छ ।
   
 विप्लव नेतृत्वको नेकपा लगायत अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले क्रान्तिको कामलाई अगाडि बढाइरहेको छ ।
     
आज विश्व क्रान्तिका निम्ति वस्तुगत अवस्था परिपक्व बन्दै गएको भए पनि आत्मसात शक्ति कम्जोर छ । 
     
यति हुदाहुदै पनि भारतमा भारतीय कम्युनिस्ट पार्टी ( माओवादी ) पहलमा सशस्त्र जनयुद्ध सञ्चालन भइरहेको छ । भारतको ठूलो भूभागमा माओवादी जनयुद्धले प्रभाव फैलाइसकेको छ ।
     
 टर्कीको ओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीले सशस्त्र जनयुद्धको तयारी गरिरहेको अवस्था छ भने फिलिपिन्सको माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनमुक्ति सेनाको निर्माण गरेर सशस्त्र जनयुद्धको पहल गर्ने तयारी गरिरहेको अवस्थामा छ । 
     
साथै पाकिस्तान , बंगलादेश , अफगानिस्तानका माओवादीहरु सशस्त्र जनयुद्धको तयारी गरिरहेको अवस्थामा छन् ।
       
 यस अतिरिक्त फ्रान्स , इटली , जर्मनी , नेदरल्यान्ड , बेलजियम , ब्राजिल , भेनेजुयला , अमेरिका , इजरायल , चिलीका माओवादीहरु सशस्त्र संघर्षका पक्षमा रहेका छन् ।
     
पेरुभियाली कम्युनिस्ट पार्टी ( साइनिङपाथ)का अध्यक्ष कमरेड गोञ्जालो सन १९९२ साल देखि २८ वर्ष यता पेरुको सैनिक जेलमा नजरबन्द हुनुहुन्छ । 
   
पेरुमा माओवादी जनयुद्धले सेडब्याक मात्र खाएको अवस्था हो । नेतृत्वले आत्मसमर्पण गरेको , क्रान्ति प्रति गध्दारी वा अन्य कारणले त्यहाँको माओवादी जनयुद्ध समाप्त भएको होइन , माथि पनि चर्चा गरिएको छ कि कमरेड गोल्जालो लगायत पहिलो , दोस्रो  र तेस्रो तहसम्मका नेताहरु गिरफ्तारीमा जेल परे पछि जनयुद्धले सेडब्याक खाएको हो  । बाताबरण बनाउदै गरेर त्यहाँ पनि पुनः सशस्त्र जनयुद्ध सञ्चालन गर्ने तयारी गरिरको अवस्था छ ।
     
आज संसार क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका लागि वस्तुगत अवस्था ठिक हुदाहुदै पनि आत्मगत अवस्था कम्जोर भएकै कारण क्रान्ति सम्पन्न गर्नलाई गंभीर प्रकारका जटिलताहरु छन्  । 
   
 यसका बावजुद आज साम्राज्यवादमा गरिरसकेको पुँजीवाद हरक्षेत्रमा संकटग्रस्त बन्दै गरेकोले विश्व सर्वहारा वर्गका सामु महान् अवसर र गंभीर चुनौतीका बिचबाट विश्व क्रान्तिलाई अगाडि बढाउनु पर्ने दायित्व थपिएको अवस्था छ ।
सन १९८४ मा गठन भएर सञ्चालनमा आइरहेको क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन ( रिम) को विघटन भइसकेको छ । आज पुनः कम्युनिस्ट अन्तर्राष्ट्रियको आवश्यकता र महत्त्व बढिरहेको छ । माक्र्सवाद – लेनिनवाद – माओवाद लाई पथप्रदर्शक सिध्दान्त मान्दै आएका माओवादी पार्टीहरुबाट कम्युनिस्ट अन्तर्राष्ट्रिय निर्माण र परिचालनको आवश्यकता महसुस गरिरहेको अवस्था छ ।
   
  यसै महत्त्वलाई मध्यनजरमा राखेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी  माओवादी ) कम्युनिस्ट अन्तर्राष्ट्रियको निर्माण गर्न पहल गर्ने निर्णय गरेर यसको निर्माण को आवश्यकता र महत्त्वका बारेमा बहस चलाउदै निर्माणका निम्ति पहल गर्ने योजना अगाडि बढाइरहेको अवस्था छ ।यस पहलले विश्वभरका क्रान्तिकारी माओवादीहरुलाई उत्साहित तुल्याउनु स्वाभाविकै हो ।
     
आज प्रतिक्रान्ति भएको भए पनि चीन , भियतनाम लगायतका देशहरूमा कम्युनिस्ट पार्टीकै नेतृत्वमा सम्बन्धित देशको विशेष्थतामा समाजवादी शासन प्रणाली चलाइरहेको बताइएको छ भने उत्तर कोरिया , क्युवामा पनि समाजवादी व्यवस्था सञ्चालन भइरहेको भन्ने रहेको छ ।
     
अर्कोतिर नेपाल , ब्राजिल , भेनेजुयला जस्ता देशहरू पार्टीको नाम कम्युनिस्ट पार्टी राख्दै आएको भए पनि संसदवादमा पतन भएर पुरै  साम्राज्यवादमा गिरिसकेको पुँजीवादी संसदीय व्यवस्थालाई स्वीकार गर्दै संसदीय पुँजीवादी व्यवस्थामा पतन भइसकेका छन् । तर उनीहरूले कम्युनिस्ट पार्टीको लोगोलाई ट्रेडमार्कको रुपमा प्रयोग गरेर जनताका बिचमा भ्रमको खेती गरेर क्रान्ति प्रति गध्दारी गरेर जनतालाई झुक्याउने कार्य गरिरहेका छन् । उदाहरणका रुपमा नेपालक‍ो सत्ताधारी नेकपाले संसदीय निर्वाचनबाट दुई तिहाईक‍ो बहुमतको  कम्युनिस्ट सरकार निर्माण गरेको नाटक गरेर नेपाली जनतालाई भूलभुलैयामा पारिरहेको छ  ।
   
 यसरी आज अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन एकातिर बहुलवादी संसदवादी दक्षिणपन्थी संशोधनवादी धारा र क्रान्तिकारी माओवादी धारा गरी दुई विपरीत धारामा खडा हुन पुगेको छ । 
       
 
आज यसरी नेपाली क्रान्ति तथा विश्व क्रान्तिका सामु संसदवादमा गिर्न पुगेको दक्षिणपन्थी  संशोधनवाद प्रमुख बाधकको रुपमा खडा हुन पुगेको छ । यसलाई समाप्त पार्न मूलतः  विश्व सर्वहारा वर्ग र सम्बन्धित देशका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु , विशेष गरी मालेमावादलाई पथप्रदर्शक सिध्दान्त अवलम्बन गर्दै आएका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आफ्नो देशको ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै मालेमावादसम्मत ढंगले क्रान्तिलाई अगाडि बढाउने र विजयको शिखरमा पुर्याउने दायित्व विश्वभरका क्रान्तिकारी माओवादी पार्टीहरुको काँधमा आईपुगेको छ ।
 
 
कोभिड १९ द्वारा सिर्जित मानवीय समस्याहरुले गर्दा पनि अब विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरु र सिंगो विश्व सर्वहारा वर्गले नयाँ आधारमा सोच्ने , चिन्तन मनन् गर्ने , क्रान्तिकारीपनामा मात्र रुमलिए र नबसरेर नयाँ रणनीतिक कार्य दिशाहरु अप गर्दै क्रान्तिको कामलाई अगाडि बढाउनुको विकल्प छैन ।
 मिति : २७ सेप्टेम्बर २०२० 
 
( लेखक : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।