कम्युनिस्ट आन्दोलनका अग्रज नेता जगत श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न

काठमाडौं,असोज २२ । नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता तथा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय समितिका सल्लाहकार सदस्य कमरेड जगत श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ ।

 

क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको आयोजनामा सम्पन्न श्रद्धाञ्जलीसभामा कमरेड जगत श्रेष्ठको फोटोमा माल्र्यापणका साथै १ मिनेट मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा पार्टीको तर्फबाट समवेदना पत्र पार्टी महासचिव मोहन वैद्य‘किरण’ले दिवंगत कमरेड जगत श्रेष्ठका माइला छोरा र जेठी बुहारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

पार्टी महासचिव मोहन वैद्य‘किरण’को अध्यक्षता र पार्टी प्रवक्ता कमरेड प्रतीकको सञ्चालनमा सम्पन्न श्रद्धाञ्जलीसभामा महासचिव किरणले कमरेड जगत श्रेष्ठले सँधैभरि क्रान्तिकारी धारामा अभिएर सबैभन्दा ठूलो त्याग र योगदान गर्नुभएको बताउनु भयो ।

 

उहाँ घरमा अचानक लडेर घाइते हुनुभन्दा केही दिन अघिमात्र भएको कुराकानीको बारेमा उल्लेख गर्दै महासचिव किरणले भन्नुभयो– “भारतको हेपाहा प्रवृत्तिको सँधै विरोध गर्नुपर्छ । भारतीय विस्तारवादका अगाडि झुक्नु हुँदैन ।

 

भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध देशव्यापी आन्दालन चर्काउनु पर्छ । भारतले आफ्नो सीमा रक्षा वा विस्तारका लागि नेपाली युवाहरुको दुरुपयोग गरिरहेको छ ।

 

त्यसैकारण भारतसँग सरकारले वार्ता ग¥यो भने नेपाली युवाहरु भारतीय सेनामा भर्ती हुने प्रक्रिया रोख्नुपर्छ र अहिले भएका सबै भारतीय गोरखा सैनिकमा काम गर्ने नेपाली दाजुभाइलाई फिर्ता बालाउने एजेण्डा पनि राख्न सरकारलाई दबाब दिनुपर्ने र त्यसको अगुवाइ र नेतृत्व क्रान्तिकारी माओवादीले नै गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

कमरेड जगत श्रेष्ठ कम्युनिस्ट पार्टीमा संगठित भएपछि निरन्तर रुपमा क्रान्तिकारी धारामा उभिदै आउनु भएको, चौम, मसाल, एकताकेन्द्र, माओेवादी हुँदै क्रान्तिकारी माओवादीसम्म आइपुग्दा जीवनको अन्तिम घडीसम्म पनि क्रान्तिकारी धारामा उभिनुभएको भन्दै उहाँको व्यक्तित्व र कृतित्वको चर्चा गर्नुभयो ।

 

कमरेड जगत श्रेष्ठकी जेठी बुहारी यमुना श्रेष्ठले बुबा जगत श्रेष्ठले सँधै घर परिवारको भन्दा बढी देश र जनताको बारेमा चिन्ता र चासो राख्ने गरेको कुरा बताउनुहुँदै उहाँको निधनले पारिवारिक र राजनीतिक अभिभावक गुमाउनु परेको बताउनु भयो र भन्नुभयो, अब क्रान्तिकारी माओवादीले हाम्रो परिवारको राजनीतिक अभिभावकत्व बहन गर्नुपर्छ ।

बुबा हुँदा जस्तै पार्टीका नेता कार्यकर्ताहरु घरमा आउजाउ गरिरहन पनि आग्रह गर्नुभयो ।

 

सो श्रद्धाञ्जली सभामा पार्टी पीवीएम तथा ३ नं.प्रदेशका इन्चार्ज दिनेश शर्मा, जातीय क्षेत्रीय मोर्चाको तर्फबाट पार्टी पीवीएम तथा नेवाः राष्ट्रिय मुक्ति मोर्चाका केन्द्री अध्यक्ष पवनमान श्रेष्ठ, इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव हिरामणि दुःखी,पार्टी सल्लाहकार ध्रुव रुपाखेती,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना,अनेमसंघ (क्रान्तिकारी)की महासचिव शारदा महत, चितवन जिल्ला पार्टीका सेक्रेटरी अशोक शर्मा लगायतका नेताहरुले दिवंगत कमरेड जगत श्रेष्ठले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलत तथा प्रगतिवादी साहित्यको क्षेत्रमा पु¥याउनु भएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

 

उहाँको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै नेताहरुले उहाँको सादगीपूर्ण, देशभक्तिपूर्ण र वर्ग मुक्ति आन्दोलनप्रति प्रतिबद्ध र समर्पित जीवन र कर्मबाट कम्युनिस्ट क्रान्तिकारीहरुले सिक्नुपर्ने कुराहरुको बारेमा चर्चा गर्नुभएको थियो ।

काठमाडौंको अनामनगर घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा भएको श्रद्धाञ्जलीसभामा नेकपा ९क्रान्तिकारी माओवादी०का नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।