यस्ताे छ आज शुक्रबारको मौसम पूर्वानुमान

काठमाडौं,असोज २३। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गेरकाे छ।

आज बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको महाशाखाले जनाएकाे छ ।

त्यस्तै आज देशभरकाे मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।

 

आज दिउँसो देशभर आंशिक बदली रहनेछ।प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।त्यस्तै राती देशभर आंशिक बदली रहने महाशाखाले जनाएकाे छ।

असोज २४ गते (शनिबार)

दिउँसः देशभर आँशिक देखि सामान्य बदली रहि एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहने छ ।

असोज २५ गते (आइतबार)

दिउँसो :देशभर आँशिक देखि सामान्य बदली रहि एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहने छ ।