बैतडीमा जिप दुर्घटना हुँदा १० जना घाइते,चालक प्रहरी नियन्त्रणमा

काठमाडौं, असोज,२३। बैतडीको पञ्चेश्वर गाउँपालिका-४, आमचौरस्थितमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

 

आमचौरबाट कुलाउतर्फ जाँदै गरेको से.१ ज ८८८ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खस्दा जिपमा सवार १० जना घाइते भएको बैतडी प्रहरीले जनाएको छ । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका-४ का ४५ वर्षीय बलबीर सार्की लगायत १० जना रहेकाे प्रहरीले जनाएकाे छ। 

 

 घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि डडेल्धुरातर्फ पठाइएको प्रहरीले जनाएकाे छ।

जिपका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।