दसैंमा बुढापाकासँग टीका लगाएर आर्शिवाद नलिन सरकारको आग्रह

काठमाडौं,असोज २३। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका क्रममा प्रा.डा. जागेश्वर गौतमले यस वर्षको दसैंमा बुढापाकासँग गएर टीका नलगाउन आग्रह गरेका छन्।

 

याे दसैंमा बुढापाकासँग गएर टीका लगाएर आर्शिवाद नलिन आग्रह गरेका छन्। सरकारले कोरोना संक्रमण फैलिने डरले यस्ताेआग्रह गरेको हाे।

 

धेरै बुढापाकासँग गएर यस पटक टीका नलगाउँ प्रवक्ता गौतमले भने बरु अनलाइन वा फोनबाट आर्शिवाद लिउँ। त्यस्तै प्रवक्ता गौतमले धेरै भीड भाडमा गएर टीका लगाउने र खाने काम नगर्न आग्रह गरेका छन्।

 

तपाइँ हामीले आफ्नो पाका सदस्यहरुसँग आर्शिवाद लिने क्रममा संक्रमण सारेर के दुर्घटना त निम्त्याउने योजनामा छैनौं   प्रवक्ता गौतमले भने त्यसो नगरौं, समयमै सचेत बनौं ।

 

त्यस्तै उनले दसैंमा भीड भाडमा गएर किनमेल भीडभाडमा गएर सपिङ नगरी भएकै लुगा कपडा र सरसमानको उपयोग गरी पुरानै लुगा लगाउँ उनले भने घरमै बनाएको खाने कुरा घरकै सदस्य मिलेर मात्रै खाउँ।

 

नेपालमा कोरोना संक्रमण हुनेको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ६ सय ७६ पुगेको छ।