नेपालमा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप २२८३ जनामा संक्रमण,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,असोज २६ । नेपालमा थप ४ हजार ४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा थप २ हजार २८३ जनामा कारोेना संक्ररमण पुष्टि भएको छ। काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।
देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन्।   

 कुन जिल्लामा कति थपिए संक्रमित   

 मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २२८३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् ।

 

मोरङका २२३ जना, सुनसरीका २४९, रुपन्देहीका १२५, सुर्खेतका १०१, काभ्रेका ९०, चितवनका ७७, कास्कीका ७६, मकवानपुरका ७५, झापाका ७१, नवलपुर र कैलाली ६५/६५ जना, बाँकेका ४५, तनहुँका ३७, प्युठान र बर्दिया २६/२६ जना, धनुषा र सिन्धुपाल्चोकका २५/२५ जना, नवलपरासीका २४, सप्तरी र लमजुङ २१/२१ जना, कञ्चनपुरका १८, पर्साका १७, रामेछाप र पाल्पाका १४/१४ जना, रौतहट, दाङ र दैलेख १३/१३ जना, धादिङ र बैतडीका १२/१२ जना तथा बारा, सिराहा, नुवाकोट र स्याङ्जाका ११/११ जना ,गुल्मीका १० जना, जुम्लाका ९, महोत्तरी, सर्लाही, बाग्लुङ, अर्घाखाँची र कपिलवस्तुका ८/८ जना, दोलखाका ७, रसुवा, डडेलधुरा र दार्चुलाका ६/६ जना, इलामका ५, हुम्ला र बझाङका ४/४ जना, गोरखा, सल्यान र अछामका ३/३ जना, उदयपुर, ओखलढुंगा, खोटाङ, पाँचथर, रोल्पा २/२ जना तथा तेह्रथुम, धनकुटा, भोजपुर, सिन्धुली, पर्वत, मुस्ताङ, म्याग्दी, डोटी र बाजुरामा १/१ जनामा संक्रमण देखिएको छ ।