नेपालमा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप २१२९ जनामा संक्रमण,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,असोज २७ । नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा ३,५५६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा थप २ हजार १२९ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ। 
                                                                             

यस्तै पछिल्लो २४ घण्टामा २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको गौतमले बताए ।  यस्तै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या ६६३ पुगेको गौतमले बताए ।                                     

  कुन जिल्लामा कति थपिए संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ गरी कुल २ हजार १२९ जनामा संक्रमण पुष्टि भएको हो ।