प्रहरीलाइ गाेली हान्ने भारतिय नागरिक : प्रहरीको गोली लागि घाइते

काठमाडौं,कार्तिक ५ । नेपाल प्रहरीले चलाएको गोलीबाट एक जना भारतिय नागरिक घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय बारा कोचर्वा चौकीका प्रहरीले चलाएको गोलीबाट भारत बिहार जिल्ला मोतिहारी पुर्वी चम्पारण दुधिअवाका २८ वर्षिय बृजकिशोर कुशवाहा घाईते भएका हुन् ।

 

सिम्रौनगढ नगरपालिका वडा नम्वर ९ सानो बंकुल स्थित प्रहरी चौकीले शंका लागेको भरमा खानतलासी गर्दा कुशवाहाले आफुसित भएको पेस्तोलले प्रहरी माथि फायरिङ्ग गरेका थिए ।

 

कुशवाहाले प्रहरीलाई निशाना गरि फायरिङ्ग गरेको गोली मिस भएको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी गराए। प्रहरीले कारवाहि स्वरुप आफु सित बोकेको तीन सय तीन राईफलबाट एक राउण्ड फायर गर्दा भारतिय नागरिक कुशवाहाकको बाया पाखुरामा गोली लागी घाईते भएको प्रहरी उपरिक्षक पंगेनीले बताए ।

 

घाईते भएको कुशवाहालाई प्रहरीको निगरानीमा उपचार भईरहेको प्रहरी उपरिक्षकले जानकारी गराए । ति भारतिय नागरिक पेस्तोल लिएर नेपाल प्रवेश किन गरे त्यसको अनुसन्धान भईरहेको उनले बताए ।