आज मिति २०७७ साल कार्तिक १३ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- अनावश्यक ठाउँमा धन खर्च होला । घर व्यवहारमा झमेला रहला । सामान हराउने वा नष्ट हुने योग छ । समय प्रतिकुल भई कुलतमा मन जानेछ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक यात्राको योगछ ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- नयाँ काम वा रोजगार पाईनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज विद्या र बुद्धिको विकास हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा०- पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ । सामान हराउन सक्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

 

 

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु- आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । बन्दव्यापारबाट राम्रै आय हुनेछ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।