यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं,कार्तिक १६। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

आज त्यस्तो कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

हाल मौसमको अवस्था गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

 

आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

त्यस्तै राती प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक १७ गते सोमबार

दिउँसो : प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

राती : प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक १८ गते मंगलबार

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ पहाडि भू-भागका १र२ स्थानमा हल्का वर्षा हुनेछ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ पहाडि भू-भागका १र२ स्थानमा हल्का वर्षा हुनेछ।