आज मिति २०७७ साल कार्तिक २६ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज मित्र वा आफन्तबाट सहयोग मिल्नेछ । भूमिबाटपनि लाभलिन सकिनेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछन् ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने र हिम्मत बढ्नेछ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्ला ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज धर्म,कर्म, परोपकार तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ, तर मन भने कमजोर रहन सक्छ ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनवास्यक र दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आज कतै घुम्न जाने योजना बन्न सक्छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले काम सम्पन्न हुनेछ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आँटेको काममा सफलता नमिल्न सक्छ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ, तर धार्मिक कार्यमा मन चैं लाग्नेछ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज विद्या र बुद्धिको विकास हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ कार्यहरू सम्पन्न हुनेछन् । – ज्यो.प. नारायणप्रसाद दुलाल