यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ,कार्तिक २६। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल हिमाली भूभागमा आंशिका बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

 

महाशाखाले आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।भने, राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

यसैगरी, बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।यस्तै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

शुक्रबार दिउँसो भने देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति, देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।