काठमाडौंको कलंकीमा दुई वटा ट्रक ठोक्किदा ३ जनाको मृत्यु, एक जना घाइते

काठमाडौं,कात्तिक,२७ । काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा अर्काे कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।

 

दुर्घटनामा परि नुवाकोटको सुन्दरादेवी घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर घर भएका ३७ वर्षीय माधब घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

 

कलंकीकाे सहिद स्मृति अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । सो दुर्घटनामा नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय विजय तामाङ घाइते भएका छन् । उनको उपचार जारी छ । दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएकाे छ।