नेपालमा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप १२०७ जना संक्रमित,कुन जिल्लामा कति संक्रमित

काठमाडौं,र्कातिक २८ ।नेपालमा थप २ हजार १११ जनामा कोरोना भइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  थप ३ हजार ५३७ संक्रमित निको भएर घरफर्किएका छन्।

मन्त्रालयका अनुसार उपत्यकामा मात्र १२०७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३७ हजार २२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ।

कुन जिल्लामा कति संक्रमित

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९१९, ललितपुरमा १८०, भक्तपुर, मोरङ र सुनसरीमा १०८/१०८, कास्कीमा ७६, नवलपरासी पूर्वमा ४७, कैलालीमा ४१, काभ्रे र रुपन्देहीमा ४०/४० जना, बाँकेमा ३३, सिराहा र पाल्पामा १९/१९ जना, धादिङ र नुवाकोटमा १७, जना, सप्तरीमा १६ जना, धनुषा र बर्दियामा १५, कञ्चनपुरमा ११ र स्याङ्जामा १० जना ,सिन्धुपाल्चोक र डोटीमा ९/९, दाङमा ८, उदयपुर, सोलुखुम्बु, पर्सा, महोत्तरी, दोलखा, नवलपरासी र रोल्पामा ७/७ जना, सर्लाही, सिन्धुली, बागलुङ र गुल्मीमा ६/६ जना, तेह्रथुम, गोरखा र कपिलवस्तुमा ५/५ जना,इलाम, पाँचथर, भोजपुर, तनहुँ, प्युठान र बझाङमा ४/४, खोटाङ, धनकुटा, संखुवासभा, रौतहट, रामेछाप, पर्वत, सुर्खेत र दार्चुलामा ३/३, बारा, म्याग्दी, लमजुङ र सल्यानमा २/२ जना र ओखलढुंगा, ताप्लेजुङ, रसुवा, दैलेख, रुकुम पश्चिम, हुम्ला र अछाममा १/१ जना संक्रमित भेटिएका छन् ।