नेपाल टेलिकमले चाडपर्वको अवसरमा अफरै अफर,कार्तिक २८ देखि मंसिर ५ गते सम्म

काठमाण्डौं, कार्त्तिक २८। नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको लागि तिहार, छठ र नेपाल सम्वत् को अबसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै बिभिन्न छुट, प्याकेज तथा अफरहरु उपलब्ध गराउने जनाएको छ ।

 

टेलिकमले दसैंको अवसरमा दिइएको छुटलाई समेत निरन्तरता दिने भएको हो । उक्त छुट तथा अफर प्याकेजहरु काग तिहार २०७७/०७र२८ गते बाट लागू हुने र मंसिर ५ गते सम्म निरन्तरता दिने जनाएको छ ।

यस्तो छ अफरहरुः

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको लागि दशैँको अवसरमा उपलब्ध गराएको अफरहरुले निरन्तरता पाउने भएको छ। यस कम्पनीको जीएसएम सीडिएमए मोबाईल प्रयोगकर्ताहरुले रिचार्ज कार्डमा  ५० र एमपोसबाट २० देखि ५० सम्म रिचार्ज गर्दा सोहि दिनको लागि ५ मिनेटको बोनस प्राप्त हुने छ ।

 

रिचार्ज कार्डबाट  १०० र एमपोसबाट ५१ देखि १०० सम्म रिचार्ज गर्दा सोहि दिनको लागि १० मिनेट सम्मको बोनस प्राप्त हुने छ । रिचार्ज कार्डबाट २०० र एमपोसबाट १०१ देखि २०० सम्म रिचार्ज गर्दा सोहि दिनको लागि २० मिनेट सम्मको बोनस प्राप्त हुने जनाएको छ ।

 

एमपोसबाट  २०१ देखि  ४९९ सम्मको व्यालेन्स रिचार्ज गर्दा ३० मिनेटको बोनस प्राप्त हुने र उक्त बोनस सोहि दिन सम्म मात्र प्रयोग गर्न पाईने जनाएको छ ।

 

त्यसैगरि रिचार्ज कार्डबाट  ५०० र एमपोसबाट  ५०० देखि ९९९ सम्म रिचार्ज गर्दा दुईदिन सम्ममा प्रयोग गर्न सकिनेगरी ५० मिनेट सम्मको बोनस प्राप्त हुने छ ।

 

यदि रिचार्ज कार्डबाट  १००० र एमपोसबाट १००० भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुले २ दिन भित्र प्रयोग गर्न सकिनेगरी १०० मिनेटको बोनस प्राप्त गर्ने जानएको छ ।

अटम अफरमा थप सुबिधाहरुः

नेपाल टेलिकमले अटम अफर अन्तर्गत ७ सम्म प्रयोग गर्न मिल्नेगरी प्रतिदिन १०० मिनेट र २८ दिनका लागि प्रतिदिन १०० मिनेट चलाउन मिल्ने छुट्टा-छुट्टै भ्वाइस प्याक दिने जनाएको छ, जसको मूल्य   ९५ मात्र रहेको छ भने २८ दिन सम्मको लागि ३७५ मूल्य रहने गरि अफरहरु उपलब्ध गराउने भएको हो । यि प्याक अन्तर्गत क्रमशः ७०० मिनेट र २८०० मिनेट कुराकानी गर्न सकिने जनाएको छ ।

भ्वाइस प्याक र डाटा एक साथ उपलब्ध गराउने

यस कम्पनीले चाडबाडलाई लक्षित गरि भ्वाइस र डाटा प्याक दुबै सुबिधा सहितको नयाँ इको प्याक उपलब्ध गराएको छ । यस अफर अन्तर्गत प्रतिदिन १४ मिनेट कुराकानी गर्ने र प्रतिदिन १ जीबी डाटा प्रयोग गर्न सकिने गरि ७ दिनका लागि  ९५ मूल्यमा ९८ मिनेट भ्वाइस कल र ७ जीबी डाटा चलाउन मिल्ने गरि यो सुबिधा उपलब्ध गराएको हो ।

 

यसैगरि, नेपाल टेलिकमले यसै योजना अन्तर्गत ३७५ मा २८ दिन सम्म प्रयोग गर्न सकिने गरि ३९२ मिनेटको भ्वाइस कल र २८ जीबी डाटा सहितको प्याकेज उपलब्ध गराउने जनाएको छ ।

फेसबुक र युट्युब चलाउने ग्राहकहरुको लागि छुटको अफर

नेपाल टेलिकमले चाडबाडको अवसरमा फेसबुक र युट्युब चलाउनको लागि लार्ज सोसल मिडिया प्याकमा विशेष छुट ल्यएको छ । यस कम्पनीले फेसबुक र युट्युब चलाउदा  १८० मा अल डाटा ४ जीबी र प्रत्येक दिन १ जीबी फेसबुक तथा युट्युब चलाउन ७ जीबी सिहित ११ जीबी डाटा उपलब्ध गराउने जनाएको छ ।

 

यसैगरि  ५९९ मा अल डाटा प्याक १० जीबी र २८ दिनसम्म प्रत्येक दिन १ जीबी गरि फेसबुक तथा युट्यब चलाउनको लागि २८ जीबी सहित ३८ जीबी डाटा उपलब्ध गराउने भएको हो ।

पोस्टपेड प्रयोगकर्ता ग्राहकहरुको लागि अफर

पोस्टपेड प्रयोगकर्ता ग्राहकहरुको लागि यस कम्पनीले पहिले देखि नै उपलब्ध गराउदै आएको पोस्टपेड प्याकमा ५९९ को नयाँ पोस्टपेड प्याक थप गरेको छ भने   ७४९ को प्याक डाटा भोल्युममा केहि हेरफेर गरेको छ । परिमार्जन गरिए संगै अब भने ग्राहकहरुले  ५९९ मा ३० दिनसम्म चलाउन मिल्ने गरि प्याक लिन सकिने छ ।

 

उक्त प्याकको सुबिधा लिदा ४०० मिनेट टेलिकमको नेटवर्कभित्र र ५० मिनेट अन्य नेटवर्कमा समेत कल गर्न सकिने जनाएको छ ।

यसैगरि  ७४९ को ३० दिनको लागि प्याक लिन सकिने छ, यस बाट ८०० मिनेट कम्पनीको नेटवर्क भित्र र ७५ मिनेट अन्य नेटवर्कहरुमा कल गर्न र ८ जीबी डाटा भोल्युम र ५०० वटा एसएमएस गर्न सकिने सुबिधा उपलब्ध गराएको जनाएको छ ।