आज सोमबारको मौसम पूर्वानुमान

काठमाडौं,मंसिर १५। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

हाल त्यस्तो कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । हाल मौसमको अवस्था देशभरको सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

 

आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ । त्यस्तै राती देशभर मौसम सामान्यतया सफा रहने छ ।

 

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।