कैलाली लगायत देशैभर अखिल (क्रान्तिकारी)मा प्रवेश गर्नेको लहर

काठमाडौं,मंसिर १६। कैलालीमा नेकपा क्रान्तिकारी मओवादी निकट अखिल (क्रान्तिकारी) मा अखिल छैठौका जिल्ला सचिव गणेश नाथ योगीसहितका १२ जनाले प्रवेश गरेका छन्। सोमबार अत्तिरीयामा भएको एक कार्यक्रमका बिच दर्जन कार्यकर्ता अखिल (क्रान्तिकारी) मा समाहित भएका हुन।

 

अखिल (क्रान्तिकारी) का जिल्ला सचिव रुद्ध कडेलको प्रमुख आथित्वमा उनीहरूलाई संगठनमा प्रवेश गराइएको अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष पुष्कर जोशीले जानकारी दिए।

 

सङ्गठनमा प्रवेश गर्ने नेता कार्यकर्ताहरूलाई टिका लगाएर स्वागत गर्दै प्रमुख अतिथि कँडेलले आगामी दिनमा पनि विद्यार्थीहरूका हरेक समस्याका लागि सशक्त भएर लाग्ने विश्वास दिलाएका थिए।

 

उनले विद्यार्थीका समस्याका लागि मात्र सङ्घर्ष नगरी राष्ट्रियता,जनजीवीका र जनतन्त्रका विषयमा स्थापन काल देखि नै लागिराखेको स्मरण गराएका थिए।

 

प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एवम् अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष जोशीले अबको विद्यार्थी आन्दोलनको सम्वाहक अखिल (क्रान्तिकारी) नै भएको दाबी गरेका थिए।

 

उनले अबको विद्यार्थी आन्दोलन सशक्त तुल्याउन अखिल (क्रान्तिकारी)मा आबद्ध हुनुको विकल्प पनि नभएको बताए। जसका लागि सबै विद्यार्थीहरू एकजुट हुनुपर्नेमा उनले जोड दिएका थिए।