यस्तो छ,आजको मौसम पूर्वानुमान

काठमाडौं,मंसिर १८। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

त्यस्तो उल्लेखनीय मौसमी प्रणालीको प्रभाव कुनै पनि नरहेको महाशाखाले जनाएको छ।

हाल मौसमको अवस्था गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

 

आज दिउँसो लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ का पहाडी भूभागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ ।

 

त्यस्तै राती लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ ।

 

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भुभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको साथै प्रदेश नं १ का पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएकाे छ।