कोरोनाका कारण स्थगित लोक सेवा आयोगको परीक्षा पुस १५ बाट सुरु हुने
काठमाडौँ, मंसिर २६ । लोक सेवा आयोगले कोरोना भाइरस कोभिड–१९ का कारण स्थगित परीक्षा आउँदो पुस १५ गतेबाट पुनः सुरु गर्नेगरी परीक्षाको कार्यतालिका प्रकाशित गरेको छ ।
आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले गत वर्ष स्थगित परीक्षा अब लगातार सञ्चालन हुने र परीक्षा सकिन चैत–वैशाखसम्म लाग्न सक्ने बताउनुभयो ।
नेपाली सेना र नेपाल प्रहरीको ठूलो सङ्ख्यामा परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था छ । उहाँले गत वर्षका परीक्षा सकिए लगत्तै यस वर्ष लिनुपर्ने परीक्षा सुरु हुने जानकारी दिनुभयो ।