नेपालमा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,मंसिर २६। नेपालमा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२७१ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा १, झापामा २४, धनकुटामा ३, मोरङमा ३७, संखुवासभामा ३ र सुनसरीमा १७ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धुनषामा ६, बारामा ३, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ३, सर्लाहीमा २ र सिरहामा ५ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय २ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २४, चितवनमा ३६, दोलखामा ५, धादिङमा ९, नुवाकोटमा ६, भक्तपुरमा ३४, मकवानपुरमा १६, रसुवामा २, ललितपुरमा १ सय ५, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

  गण्डकी प्रदेशको कास्कीमा ४५, गोरखामा १०, तनहुँमा २, नवलपरासी पूर्वमा ५, पर्वतमा ३, मुस्ताङमा १, म्याग्दीमा १, लमजुङमा ९, बागलुङमा ४ र स्याङजामा ६ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा १५, नलवपरासीमा ८, पाल्पामा १३, पाल्पामा १३, प्यूठानमा २, बर्दियामा ६, बाँकेमा ३४, रोल्पामा १ र रुपन्देहीमा २४ जनामा कोरोना पाइएको छ।

 

कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा २, रुकुम पश्चिममा ५, सल्यानमा २ र सुर्खेतमा ४ जनामा कोरोना भेटिएको छ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १९, कञ्चनपुरमा १५, कैलालीमा १५, डडेल्धुरामा ६, डोटीमा १, बझाङमा ३ र बैतडीमा ३ कोरोना भेटिएको छ।