काठमाडौंको कलंकीमा ब्रेक फेल हुँदा ट्रकले ८ सवारी साधनलाई ठक्कर दियो,१ जनाको मृत्यु,६ जना घाइते

काठमाडौं,मंसिर २६ । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पुर्‍याएको छ ।

 

घटनास्थलमै मृत्यु हुनेको पुरुषको पहिचान नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। 

ट्रकले सडक नजिकैको एउटा घरमा पनि क्षति पु-याएको ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ।