डिजेल, पेट्रोल र मटितेलको मूल्य आज राति १२ बजेबाट लागू हुनेगरी बढ्यो

काठमाडौं,मंसिर २७। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएकाे छ।  

 

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जानाएको छ ।

 

डिसेम्बर एकमा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको भाउ बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन अनुसार मूल्य समायोजन गरिएको निगमको दाबी रहेकाे छ ।