पत्रकार जामलाई इरानी सरकारले मृत्युदण्ड दिइ फासीवादी हर्कत देखाएको प्रति अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको घोर विरोध (विज्ञप्तिसहित)

काठमाडौं,मंसिर २८।  सरकार विरोधी विद्रोह भड्काएको आरोपमा  इरानी  पत्रकार रुहल्लाह जामलाई इरान सरकारले यही  सन २०२० डिसेम्बर १२ का दिन  फासी दिएको छ । त्यहाँको अदालतले मृत्युदण्डक‍‍‍ो फैसला सुनाएको थियोे ।

       
सरकार विरोधी पत्रकारक‍‍ो रुपमा चिनिएका इरानी पत्रकार रुहल्लाह जामले सन २०१७ मा इरानी सरकारक‍ो आलोचना गर्दै सोसल मिडियामा आफ्नो अभिव्यक्ति दिएका थिए । जामले सरकार विरुद्ध गतिविधि गरेको तथा सामाजिक सञ्जालमा सरकारको विरोधी घृणा फैलाएको भन्दै पत्रकार जामलाई  इरानी सरकारले सन २०१९ क‍ो अक्टुवरमा पक्राउ गरेर उनीमाथि  मुद्दा चलाएको थियो  ।  

         
पत्रकार जामले फ्रान्समा रहेर पत्रकारिता गर्दै आएका थिए ।  उनले अमाद न्युज नामको मिडिया सञ्चालन गर्दै आएका थिए जुन मिडिया इरानमा अत्यधिक चर्चित छ ,जसलाई इरान सरकारले प्रतिबन्ध लगाएको छ ।
   
उनको मुद्दामा रिभोल्युसनरी कोर्टले गरेको फैसलालाई सर्वोच्च अदालतले अनुमोदन गरेको यही २०२० डिसेम्बर ८ का दिन न्यायपालिकाका प्रवक्ता घोलमहोसेनी एस्माइलीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् थिए ।
     
इरानी पत्रकार जामलाई त्यहाँको सरकारले मृत्युदण्ड ( फासी ) दिएको  विषयले विश्वभर क्रियाशीलता क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको गंम्भीर प्रकारले ध्यानाकर्षण गराएको छ ।
       
हाम्रो संगठन संसारभरका न्याय र समानताको पक्षमा आवाज उठाउदै आएका मानवअधिकारवादी संगठनहरु , न्याय र समानताको पक्षमा कलम चलाउदै आएका संसारभरका लेखक तथा पत्रकारहरुलाई इरानी पत्रकार जामको गैर न्यायिक मृत्युदण्डका विरोधमा र न्याय र समानताको पक्षमा  आवाज बुलन्द गर्न हार्दिक अपिल गर्दछ र फासिस्ट इरानी सरकारको हदैसम्मको फासीवादी हर्कतको घोर विरोध र भ्रत्सहाना गर्दछ । साथै इरानी पत्रकार जामप्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दछ ।
                   क्रान्तिकारी अभिवादन सहित । 
 
मिति : १३ डिसेम्बर २०२०
 
                                                                                                           ( हस्तबहादुर केसी ) 
                                                                                                                      अध्यक्ष 
                                                                                                  अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र 
                                                                                                   केन्द्रीय कार्यलय , काठमाडौं , नेपाल