सरकारको नेतृत्व केपी ओलीको: सरकार ढल्ने चिन्ता मोहनविक्रम सिंहको

नेकपा (मसाल)का महामन्त्री क.मोहनविक्रम सिंहलाई किन हो केपी ओली प्रधानमन्त्रीबाट हटने हुन कि भन्ने ठूलो चिन्ताले सताएको देखिन्छ। केपी ओलीको सरकारलाई समर्थन गर्ने कि विरोध गर्ने सवालमा उहाँको पार्टीभित्र चलेको अन्तरसंघर्षमा उहाँको विचारसंग मतभेद राख्ने केन्द्रीय सदस्यलगायत कैयौ पार्टी सदस्यहरुलाई कारवाही गरेका घटनाहरु बाहिर आएका छन् । यद्धपि उहाँले त्यसलाई पार्टी अनुशासन नमानेकाहरु भनेर भनिरहनु भएको छ ।

भनाइमा उहाँ कम्युनिस्टहरुमा दोहोरो मापदण्ड हुनुहुदैन भन्नुहुन्छ, तर केपी ओलीको सन्दर्भमा उहाँले लिएको नीति यहीभित्र पर्दछ । लेख वा वक्तव्यमा उहाँले नेकपा पार्र्टीको कुरा गर्नु भएको छ तर सारमा उहाँ नेकपाभन्दा केपीकै चिन्ता हो ।

 

केपीको पक्षधरता उहाँको पार्टी नीति बनेको छ । यदी केपी सरकारबाट हटेर अरु कुनै९माधव नेपाल, प्रचण्डआदि०को नेतृत्वमा सरकार बन्ने अवस्था आएमा उहाँ उक्त सरकारको विरुद्ध लाग्ने स्पष्ट छ ।

 

उहाँका हरेक वक्तब्यहरु र अभिव्यक्तिहरुबाट के स्पष्ट हुन्छ भने कतै नेकपा(नेकपा)मा विभाजन आयो भने उहाँको नेपालमा नयाँ जनवादी क्रान्ति पुरा गर्ने सपनामाथि विराम लाग्ने छ ।

 

एकातिर उहाँको पार्टी नेकपा (मसाल) वर्तमान ओली सरकारका विरुद्ध २२ दलीय वामपन्थीहरुको मोर्चामा संलग्न छ र वेलावेलामा ओली सरकारका प्रतिगमनकारी कार्यहरुका विरुद्ध सडकमा उत्रिएको छ भने अर्कोतिर नेकपामा फुट भएमा त्यसको दुष्परिणाम गणतन्त्र, धर्म निरपेक्षता र राजनीतिक स्थिरतामा देखा पर्ने बताएर त्यसको स्थायित्वको कामना पनि गर्दै हुनुहुन्छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ मङ्सिर २ गते जारी गरिएको प्रेसवक्तव्यमा यस्तो अवधारणा व्यक्त गरिएको हो । वक्तब्यमा उहाँले भन्नु भएको छ–“ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखा परेको चरम प्रकारको अन्तरसङ्घर्षप्रति नेकपा (मसाल) ले गम्भीर चिन्ता प्रकट गर्दछ ।

 

हाम्रो चिन्ताको विषय त्यसद्वारा, अर्थात नेकपाको अन्तरसङ्घर्ष वा त्यसको परिणामस्वरूप देशको राजनीतिमा पर्न सक्ने सम्भावित असरप्रति नै हो । यदि नेकपाभित्रको अन्तरसङ्घर्षको परिणामस्वरूप नेकपामा फुट हुन्छ वा त्यसको सरकारको विघटन हुन्छ भने त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता र राजनीतिक स्थिरतामा पनि पर्ने सम्भावना रहने छ ।

 

त्यस्तो हुन नदिनका लागि हामीले लगातार नेकपाको एकता तथा सरकारको स्थायित्वमा जोड दिँदै आएका छौँ र अहिले पनि हाम्रो त्यो नीति कायम छ ।राजतन्त्रको कालभरी उहाँले राष्ट्रियता कमजोरी हुने भन्दै क। पुष्पलालको संयुक्त जनआन्दोलनको कार्यदिशालाई विरोध र भण्डाफोर गर्दै आउनुमात्रै भएन त्यसलाई आधार बनाएर क।

 

पुष्पलालका विरुद्ध गद्दार पुष्पलाल नामको कितवसमेत लेखेर तत्कालिन समयमा निरङकुस र पञ्चायती व्यवस्थाप्रति अप्रत्यक्ष सहयोग पुग्ने खालको काम गरेको इतिहास छ ।

२०३५÷०३६सालको आन्दोलन, २०४६÷०४७सालको आन्दोलनमात्रै नभई दशवर्षे जनयुद्ध तथा २०६२÷०६३सालको संयुक्त जनआन्दोलनमा पनि गणतन्त्रको नारालाई कार्यनीतिक र रणनीतिक नारामा बाँडेर लामो समयसम्म गणतन्त्रको प्राप्तीलाई नकारात्मक असर पर्ने खालले निर्णयहरु गराउने कामगर्दै रहनु भयो । यी सबै काम उहाँले नेपाली जनवादी क्रान्तिको फाइदाका लागि गरेको दावी गर्न पनि छाडनु भएन ।

२०४८सालको पहिलो संसदीय नीर्वाचनलाई बहिष्कार गरेपछिका आजसम्मका हरेक संसदीय नीर्वाचनमा तत्कालीन एमालेको सहयोग र समर्थनमा संदनीय नीर्वाचनमा भाग दिंदै आउनु भएका क। सिंहले पहिलो संविधानसभाको होस वा पछिको दोस्रो संविधानसभाको नीर्वाचनमा एमालेकै पुच्छर समाएर अगाडि बढेको इतिहास छ ।

 

त्यसैले नेपका(एमाले) मूलतः केपी ओलीपक्षधरहरुसंग उहाँको आतमियता गहिरो छ । यद्धपि वेलावेलामा उहाँका वक्तव्यहरु प्रकाशित भइरहन्छन् तर कुनैमा पनि केपी ओलीपक्षधरहरुसंगको आतमियतालाई नकारात्मक असर पर्ने खालले हुँदैनन । यो काम उहाँले बडो रकमी तरिकाले आफनो “क्रान्तिकारी छवी”मा असर नपर्ने गरी गर्दै आउनुहुन्छ ।

 

सुरुमा विप्लव नेकपासंग पनि कार्यगत एकता थियो तर जव उक्त पार्टीले ओली सरकारका विरुद्ध मोर्चावन्धी गर्न थाल्यो, उहाँले चलाकीसँग संयुक्त एकताको नम्र्सबाहिर गएर बोलेको भन्दै त्यसमा बसेर काम नगर्ने घोषणा गनु भया,े परिणाम उहाँको यो निर्णयबाट ओली पनि खुशी भए ।

 

ओलीका ससाना कुराहरुलाइृ लिएर उनको प्रशम्सा गर्न उहाँ पछि हटदैन तर उनका राष्ट्रियता जनततन्त्र र जनजीवीकाका सवालहरुका उनले लिएरको गलत कार्यका विरुद्ध बोल्न उहाँ आना कानी गर्दछ ।

 

२२ दलीय मोर्चाले ओली सरकार एउटा राष्ट्रविरोधी, प्रतिगामी र प्रतिक्रियावादी सरकार हो भनिरहेका छन् उहाँले त्यहाँ सडकमा त्यसको समर्थन गर्ने तर त्यस्तो राष्ट्रविरोधी, प्रतिगामी र प्रतिक्रियावादी सरकार ढल्छकि भनेर चिन्ता जाहेर गर्दै वक्तव्य निकाल्नु, यो आफैमा दोहारो मापदण्ड भएरन र ?

उहाँे यतिसम्म तल झरेर वक्तव्यमा भन्नु हुन्छ कि यो सरकार देश र जनताका लागि जति दिन टिक्छ, त्यत्तिकै देश र जनताको अहीतमा छ भन्नेहरुलाई प्रतिगमनलाई स्वागत गर्ने र गणतन्त्र वा धर्म निरपेक्षतालाई खतम गर्न चाहनेहरुमा कित्ताकाट गरेको पाइन्छ ।

 

हेरौ उहाँके वकतव्यको एक अंश जसमा उहाँले भनेको छ –“ जुन तत्त्वहरूले गणतन्त्र वा धर्म निरपेक्षतालाई खतम गर्न चाहन्छन, उनीहरू नेकपाभित्र देखा परेको अन्तरसङ्घर्षबाट प्रसन्न नै भइरहेका छन र, उनीहरूले यो चाहन्छन् कि त्यो अन्तरसङ्घर्षको परिणामस्वरूप नेकपामा फुट होस र त्यसको सरकारको विघटन होस ।

 

त्यो अवस्थामा यदि देश एक वा अर्को प्रकारले प्रतिगमनतिर जान्छ भने त्यसलाई उनीहरूले स्वागत नै गर्ने छन र, नेकपाको सरकारलाई अपदस्थ गराउन जोड दिनुका पछाडिको उनीहरूको मुख्य उद्देश्य पनि त्यही हो ।

 

यसरी उहाँले माक्र्सवादी दृष्टिकोणलाई गलत अर्थमा उपयोग गरेको पाइन्छ । ओली सरकारलाई हेर्ने मोहनविक्रमको माकर्सवादी होइन मनोगतवादी दृष्टिको स्पष्ट हुन्छ ।

 

क्रान्नितकारीहरुलाइृ भ्रममा राखिरहन उहाँ यो भन्न पनि छाडनु भएको छैन र भन्नुहुन्छ –“ तत्कालीन एमाले र माओवादी केन्द्रका बिचमा भएको एकता कम्युनिस्ट एकता थिएन र त्यो एकताद्वारा एकीकृत कम्युनिस्ट पार्र्टीको निर्माण पनि भएको थिएन ।अनि भन्नुहुन्छ तर ओली सरकार टिक्नु पर्छ । यो कस्तो क्रान्तिकारीता हो ।

उनीहरूको एकताप्रति त्यस प्रकारको सकारात्मक दृष्टिकोण अपनाउनुको अर्थ हामीले उनीहरूलाई वा उनीहरूको सरकारलाई पुरै समर्थन गर्दछौँ भन्ने होइन ।

 

उनीहरूप्रतिको समर्थन विरोध र सङ्घर्षका बिचको समर्थन हो । उनीहरूका सबै गलत नीति र कार्यशैलीको हामीले दृढतापूर्वक र सम्झौताहीन प्रकारले विरोध गर्दै आएका छौँ र विरोध गर्दै जाने छौँ ।

 

उनीहरूको त्यस प्रकारका नीतिका विरुद्ध हामीले आफ्नो स्वतन्त्र पहलकदमीमा सङ्घर्ष गर्नुका साथै अन्य पक्षसित पनि समान समझदारीका आधारमा विरोध गर्ने हाम्रो नीति रहँदै आएको छस र, आउने दिनमा पनि त्यस प्रकारको नीतिलाई अगाडि बढाउने हाम्रो प्रयत्न हुने छ ।

यसरी सरकारको नेतृत्व ओलीजस्ता कम्युनिस्टको नाममा कम्युनिस्ट विरोधीहरुको तर उक्त सरकार ढल्छ कि भन्ने चिन्ता नेकपा(मसाल)का महामन्त्री मोहनविक्रमजीको ।