विप्लव नेकपा र प्रहरीबीच गोली हानाहान

काठमाडौं,पुस १२ । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेकपा र नेपाल प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ ।

 

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि विप्लव नेकपाका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेपछि प्रहरीले पनि जवाफी फायर गरेको हो ।

घटनास्थलबाट जिलेटीन लगायतका केही सामाग्री बरामद भएको छ । कोही पनि पक्राउ परेका छैनन् ।

 

विप्लव नेकपाका नेता–कार्यकर्ता भएको सूचनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो । प्रहरीलाई देखेपछि विप्लव नेकपाका कार्यकर्ताले गोली चलाएको प्रहरीले जनाएको छ । विप्लव नेकपाका कार्यकर्ता जंगलतीर भागेका छन् ।