नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,पुस १३। नेपालमा थप ६५९ जनामा कोरोना भइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ४२७ रहेको छ । त्यस्तै थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 

यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

यस्तै थप ७१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५० हजार ५८१ पुगेको छ ।