ओली श्री ३ महाराज जंगेको बाटोमा हिंडे :अध्यक्ष प्रचण्ड

काठमाडौं,पुस १३।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको आरोप लगाएका छन् ।

 

आज जनसाँस्कृतिक महासंघले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको आरोप लगाएका हुन् ।

 

पार्टी भित्रको विवाद सामना गर्न नसकेर प्रधानमन्त्री ओलीले देशलाई राजनीतिक संकटको हदसम्म पु¥याएको पनि अध्यक्ष दाहालले बताए ।

 

यो कदमबाट प्रधानमन्त्री ओली इतिहासमा पराजित भएको पनि उनले दाबी गरे । प्रधानन्त्री ओलीले हुँदै नभएको प्रावधानबाट संसद विघटन गरेर आफूहरुलाई जनतामा जाने मुद्दा दिएको पनि उनले बताए ।

 

संविधान, संघीयता र गणतन्त्रको पक्षमा फेरी एकपटक लडने मुद्दा दिनु भएकाले अब हुने कुनैपनि चुनावमा आफूहरुले जित्ने पनि अध्यक्ष दाहालको दाबी छ ।

 

सम्मानीत अदालतले संविधानमा प्रष्टसँग लेखिएको कुरा बुझ्दैन भनियो भने अदालतको अपमान भएको ठहर्ने समेत उनले बताए । त्यसैले सर्वोच्च अदालतले संविधानको पक्षमा फैसाला गर्ने विश्वास व्यक्त गरे ।