आज मिति २०७७ साल पुस १५ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष- आज पनि दिन र समय शुभ छ । व्यवसायिक प्रगति भइ राम्रो धनार्जन हुनेछ । आत्मसन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने तथा विजय भइनेछ । लौकिक प्रभुत्व बढ्ने तथा शत्रुपक्षलाई झुकाउन सकिने योग छ । उद्यमशिलताको विकास र प्रख्याति बढ्ने देखिन्छ । शारीरिक स्वास्थ्यमा आरोग्यता बृद्धि हुने र आत्मबल बढ्ने छ । आँट साहसले कार्य सम्पादन गर्न सकिने छ ।

 

वृष – आज पनि समय अत्यन्तै खराब छ । बोलिचाली एवं व्यवहारमा सोँचविचार र सावधानी अप्नाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन सृजना हुन सक्ने गोचरको प्रभाव छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या आउन सक्ने छ, हृदयका दीर्घरोगीहरूले विशोष ध्यान दिन जरुरी देखिएको छ । उपयुक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै सोँचविचार नभएको काम बनेर केही राहत भने मिल्नेछ ।

 

मिथुन – आज पनि स्वास्थ्य राम्रो छ । जोस जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । आज यहाँलाई कुनै कन्यालाई सेतो वस्तु दान दिनु उपयुक्त हुनेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जान पहिचानका व्यक्तिबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । दाजुभाइबीचको सम्बन्धमा सुधारको लागि समन्वय गरिदिँदा प्रष्तिठा बढ्ने छ । भगवान श्री सूर्यजीको सेवा आराधना गर्नाले उपलब्धि वृद्धि हुनेछ ।

 

कर्कट –आज पनि समय खराव रहनेछ । दिनभर होसियारी रहनुपर्ने देखिएको छ । विनाकारण कसैसँग वादविवाद तथा मनमुटाव हुन सक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरी सम्बन्ध मात्रै राख्नु उपयुक्त हुनेछ । आज पारिवारिक समस्याको पनि सामाना गर्न पर्नसक्ने छ । अगाडि सारिएको काममा विलम्ब हुने तथा अबरोध आइपर्न सक्ने सम्भावना रहेकोले धैर्यताको मानसिकताको विकास एवं अभ्यास अवलम्बन गर्नुपर्ला । मानसिक संकिर्णतालाई प्रवेश नदिई आफ्नो कर्मक्षेत्रलाई निरन्तरता दिनाले भने केही लाभ गर्न सकिने छ ।

 

सिंह- आज सिंह राशिका लागि समय शुभ छ । दिन खुशी एवं उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रहरुको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका कामहरु थ्पिन सक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ । स्वागत सत्कारको अवसर पनि प्राप्त हुन सक्ने छ । कार्यक्षेबाट हैसियत एवं औकात अनुसारको फाइदा उठाउन सकिनेछ । जागिर तथा समाजसेवा र राजनीतिक क्षेत्र आदिमा पनि सन्तोषप्रद वातावरण बन्नसक्ने छ ।

 

कन्या –आज पनि समय मध्यम खालको छ । खर्च बढ्न सक्ने देखिएको छ भने कार्यक्षेत्रमा पनि अल्लि बढी मेहनत गर्नुपर्ने छ । शुरुमा केही अपजस पनि खेप्न नपर्ला भन्न सकिन्न । अल्लि बढी कोसिस एवं संघर्षले केही उपलब्धि ल्याउन सकिएला । औपचारिकता निर्वाह गर्नपर्ने खालका भेट्घाट आदिको लागि याात्रा गर्नु, उपहार आदि दिनु जस्ता कार्यमा खर्चको सदुपयोग गर्नु उचित हुनेछ ।

 

तुला-आज पनि स्वास्थ्य तथा दिन राम्रो रहनेछैन । विलासी प्रवृति बढ्ने गोचर परेको छ । तर पनि अभिष्ट चाहना पूरा गराउन केही अल्झनको सामना गर्नपर्ने देखिएको छ । तथापि दाम्पत्य सुखमा केही विकास हुन सक्ने छ । व्यवसायबाट केही लाभ हुनेछ भने स्वजनमिलन र यात्राको सम्भावना पनि देखिएको छ । व्यापार कर्म तथा यात्रा आदिबाट सम्पादन हुने कार्य्विशेषलाई ग्रहले उत्प्रेरणा दिएको छ । मुख्य कार्यमा आउने अल्झन तथा बाधा अबरोध हटाउन आज तपाइँँले भैरव देवको स्तुति गर्नु शुभप्रद रहनेछ ।

 

वृश्चिक – आज समय खराब छ । आक्रोश एवं रणनीतिक भूमिकाको चेष्टा हुन सक्ने छ । अध्ययन आदि प्राज्ञिककर्ममा सफलता एवं नीतिगत कार्यमा सम्मान पनि नमिल्ला भन्न सकिन्न । कुट्नैतिक कार्य तथा प्रस्तुतिमा सफलता र प्रशंसा पाइने छ । अदृष्य समस्या आइपर्ने र समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिएको छ । सैद्धान्तिक छलफल र अर्तिउपदेश जन्य वातावरणको संयोग जुट्न सक्नेछ ।

 

धनु-आज पनि समय राम्रै रहनेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुनेछ । समाज सेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवं नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ । आज भगवान श्री सूर्य नारायणको श्रद्धाभक्ति शुभ हुनेछ ।

 

मकर – आज स्वास्थ्य राम्रो रहनेछ । पेशागत कार्यमा उपयुक्त सफलता मिल्नेछ । अनुकूल गोचरप्रभावको सदुपयोग गरी व्यवसायबाट प्रचुर लाभ गर्नसकिने छ । पुरुषार्थ बृद्धि हुने रसोवापत मान्छेहरुबाट प्रसंशा मिल्ने तथा सहयोग पनि प्राप्ति हुने गोचर लक्षण छ । आफन्तजनबाट सहयोग प्राप्त गर्न सकिने तथा व्यवहारिक प्रगति एवं स्याबासी मिल्ने र यशकृति पनि बढ्ने छ ।

 

कुम्भ – आज समय खराब नै रहनेछ । आज पूर्व दिशाको यात्रा सकभर नगर्नुहोला । वाणीमा दोषलाग्न सक्छ, बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा केही अवरोध पनि नआउला भन्न सकिन्न । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाति रहन सक्ने कुरालाई पनि नकार्न सकिन्न । भगवान सूर्यको सेवा आराधना गरिएमा अनिष्ट दोषलाई हटाउन मद्धत हुनेछ ।

 

मीन- आज पनि समय खराब रहनेछन् । आज गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । शैक्षिक क्षेत्रबाट पनि त्यति राम्रो फाइदा हुने देखिंदैन । समय खराब छ, आज पूर्व दिशाको यात्रा ठीक छैन ।